Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

केपिलासगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


समायोजन खबर
  • आइतबार, फाल्गुन ७ २०७९

  • रेफ्रिलाई खेल सामाग्री हस्तान्तरण गर्नुहुंदै गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा आईतबारबाट ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु भएको हो।

    प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डीको एक/एक स्वर्ण पदकका लागि खेल हुनेछ।

    प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगिता सम्पन्न गरिने शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले जानकारी दिए।
    खनालका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले ४० हजार, दोश्रो हुने विद्यालयले ३० हजार र तेश्रो हुने विद्यालयले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ। मार्च पासमा प्रथम हुने विद्यालयलाई ५ हजार र दोश्रो हुने विद्यालयलाई ३ हजार नगद पुरस्कार दिईने खनालले बताए।

    प्रतियोगिता ९ फागुनमा सकिनेछ। प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ। जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन।
    जनप्रतिनिधि भर्सेस कर्मचारीबिच भलिबल प्रतियोगिता
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा केपिलासगढी गाउँपालिकाभित्रका पुरुष जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ।जनप्रतिनिधि र कर्मचारीबिच भलिबल प्रतियोगिता हुँदै।

    मैत्रीपुर्ण प्रतियोगितामा सुरुवातबाटै कर्मचारीलाई दबाबमा राखेर अघि बढेको जनप्रतिनिधिले खेलको तालमेल मिलाउन नसक्दा हार ब्यहोर्नु परेको छ। कर्मचारीले जनप्रतिनिधिलाई २३–२५ सेटमा हराएका थिए।
    प्रतियोगिताको कर्मचारीको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की र जनप्रतिनिधिका तर्फबाट गाउँपालिका अध्यक्ष समिर राईले नेतृत्व गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology