समायोजन खबर खोटाङ, प्रेस चौतारी नेपाल जिल्ला शाखा खोटाङले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष र पूर्वअध्यक्षलाई सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा आइतबार होटल शुभदिनमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा संस्थापक जिल्ला अध्यक्ष रमेशकुमार पौडेल र पूर्वअध्यक्ष हरिबोल आचार्यलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको प्रेस चौतारी नेपालका जिल्ला सचिव दिवस रिजालले जानकारी दिए।
पौडेल र आचार्यलाई नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।
२०५८ सालबाट जिल्लामा प्रेस चौतारीको संस्थागत विकासदेखि प्रगतीशिल पत्रकारिता र लेखनका माध्यमबाट जिल्लामा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष सिताराम राई(संजीव)ले बताए।
सम्मानित पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा आचार्य प्रेस चौतारी नेपाल प्रदेश १ को सह–संयोजकको जिम्मेवारी छन्।
यो पनि, प्रेस चौतारीको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology