समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको हो।
गाउँपालिकाको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा ८ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण गरेका बुहारीहरुको पढ्ने इच्छालाई पूरा गराउन तथा उच्च शिक्षा हाँसिल गराउनका लागि बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनको तयारीमा लागिएको गाउँपालिकाले जनाएको छ।
जसका लागि २२ कार्तिकमा सम्पूर्ण वडामा रहेका कक्षा ८ र एसईई उतिर्ण गरेर बसेका बुहारीहरुको तथ्याङक ३० दिनभित्र शिक्षा शाखा र महिला तथा बालबालिका शाखामा उपलब्ध गराउन पत्रचार गरिएको छ। पत्रका साथमा आवेदन फारम वडाहरुमा पठाईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले बताए। बुहारी शिक्षा कार्यक्रमले कक्षा ८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गरिदिनेछ। एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ।
आर्थिक, पारिवारीक समस्याका कारण पढ्न नसकेका बुहारीहरुका लागि अघि बढाईएको कार्यक्रममा बुहारीहरु रेगुलर कक्षामा जान त सक्नुहुन्न शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले भने, त्यसका लागि गाउँपालिकाले ट्युसन पढाउने शिक्षकको व्यवस्थापन गरेर परीक्षामा सामेल गराईनेछ। चालू शैक्षिक सत्रमा मुख्यतः बुहारी शिक्षा सञ्चालनलाई कार्यविधि तयार गर्छौ, कक्षा ८ र एसईई उतिर्ण गरेका बुहारीहरुको विवरण संकलन गर्छौ। जसले गर्दा बुहारी शिक्षा कार्यक्रमलाई वजेट विनियोजन गर्न सजिलो हुनेछ।
यस शैक्षिक सत्रमा कक्षा ८ पास गरेकाले पढ्ने समय सकिएको छ। कक्षा ११ पढ्न चाँहि समय छ। खनालले भने, अर्को शैक्षिक सत्रबाट पढ्न इच्छा गर्ने बुहारीहरु कापी, कलमका साथमा अध्ययन गरिरहेका हुनेछन्।’ चालू आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक श्रोतबाट वजेट व्यवस्थापन गरेर बुहारी शिक्षा कार्यक्रम अघि बढाईने गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। अर्को आर्थिक वर्षबाट भने निरन्तर बजेट विनियोजन हुंदै जानेछ।
पढ्ने मन भएका तर, फर्म भर्ने म्याद सकेकाले चालू शैक्षिक सत्रमा पढ्न पाउनु भएन, फर्म भर्ने म्याद भएको र पढ्न चाहाना गर्ने बुहारीहरुले तथ्याङक संकलनकै क्रममा पढ्छु भनेमा फर्म भराएर पढाउँछौ, ट्युसनको बन्दोवस्त गर्छौ। अध्यक्ष राईले भने,‘पढ्ने इच्छा हुंदाहुदै पनि पढ्ने ईच्छा मरेर नजाओस भनेर बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्यार्ईएको हो यसले पालिकाभरीका बुहारीहरु लाभान्वित हुनेछ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology