• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाले प्रदेश छनोटका विजयी खेलाडीलाई पुरस्कृत गर्ने

केपिलासगढी गाउँपालिकाले प्रदेश छनोटका विजयी खेलाडीलाई पुरस्कृत गर्ने


समायोजन खबर
  • आइतबार, असोज २३ २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्ने भएको छ। प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको हो।

    प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन्।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले टिम फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रङगुना राई र अनुकला राई तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विनिता राईले रजत पदक जितेकी छन्।

    यस्तै, तेक्वान्दोमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विवेक राई, बाक्सिलाकै रेजिना राई र सोही ठाउँका समला राईले पनि रजत पदक जितेका छन् । १६ भदौदेखि ३० भदौसम्म सुनसरी र झापामा प्रदेश स्तरीय छनोट भएको थियो।

    प्रदेश छनोटमा विभिन्न विधामा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीहरुलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पुरस्कृत गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    विजयी खेलाडीहरुलाई कुनै खेलकुद कार्यक्रमको अवसर पारेर पुरस्कृत गर्छौ। गाउँपालिका अध्यक्ष राईले भने, खेलाडीको प्रोत्साहनका लागि पुरस्कृत गर्ने निर्णय गरेका हौ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology