• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

व्याडमिन्टन प्रतियोगिताको उपाधि दोर्पा स्पोर्टस क्लबलाई

व्याडमिन्टन प्रतियोगिताको उपाधि दोर्पा स्पोर्टस क्लबलाई


समायोजन खबर
  • मंगलबार, असोज ४ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दोर्पा स्पोर्टस क्लबले हात पारेको छ।

    गाउँपालिकाले निर्माण गरेको अफिस व्याडमिन्टन कभर्ड हल उद्घाटनका अवसरमा आयोजना गरिएको प्रतियोगितामा सोल्मा स्पार्टस क्लबलाई पारजित गर्दै दोर्पा स्पोर्टस क्लबले उपाधि हात पारेको हो। उपाधि जितेसँगै दोर्पा स्पोर्टस क्लबका एलिस दंगाल र सविन श्रेष्ठले ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।

    प्रतियोगितामा दोश्रो भएका सोल्मा स्पार्टस क्लबका प्रकाश राई र पवन राईले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा प्रतियोगितामा तेश्रो भएका ऐसेलुखर्क गाउँपालिकाका सिजन अधिकारी र प्रविन मुग्रातीले २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।

    यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरस्कार दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका सुरेश तामाङले पाएका छन्। उनले ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। उदयिमान खेलाडीको पुरस्कार बाक्सिलाका ग्याल्जेन तामाङले पाएका छन्। तामाङले ३ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत संगम खतिवडाले जानकारी दिए।

    विजेता टिम तथा खेलाडीलाई गाउँपालिका अध्यक्ष समिर राईले पुरस्कार वितरण गर्नुभएको थियो। आईतबारदेखि सुरु भएको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएको थियो।

    गाउँपालिकाको २२ लाख १० हजार अनुदान र उपभोक्ता समितिको ३ लाख ९० हजार श्रमदानमा साविक गाउँपालिकाको केन्द्र राखिएको स्थान, पृृथ्वी माविको सार्वजनिक जग्गामा कभर्ड हल निर्माण गरिएको छ।

    निर्माण गरिएको कभर्ड हलको आईतबार संविधान दिवस २०७९ को अवसर पारेर गाउँपालिका अध्यक्ष राईले उद्घाटन गर्नुभयो।
    तत्कालिन प्रमुख प्रशासकीय अधिकृत छविलाल राईको पहल तथा निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीको कार्यकालमा कभर्ड हल निर्माण सुरु भएको थियो।
    कभर्ड हलको लम्बाई ५९ फिट, चौडाइ ३४ फिट र उचाई २९ फिट रहेको गाउँपालिकाका ईन्जिनियर गुञ्जन कार्कीले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology