Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई केपिलासगढीले दियो एक/एक लाख पुरस्कार

एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई केपिलासगढीले दियो एक/एक लाख पुरस्कार


समायोजन खबर
  • बिहिबार, भाद्र २३ २०७९

  • पुरस्कृत विधार्थीको अभिभावकलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई।

    समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने दुई विधार्थीलाई नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाभरीको सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७८ मा एसईई दिएकामध्येमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कार प्रदान गरेकोे हो।

    बिहीबार ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पृथ्वी मावि बाक्सिलामा कार्यक्रम गरी एसईईमा उत्कृष्ट अंक ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राई(२.९०जिपिए) र पृथ्वी मावि बाक्सिलाका युनिशा राई(२.८५जिपिए)लाई नगद १/१ लाख प्रदान गरिएको छ।
    पुरस्कृत विधार्थीहरु गाउँपालिका बाहिर रहेकाले उनीहरुको अभिभावकलाई पुरस्कार प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले पुरस्कार वितरण गर्नुभएको थियो।पुरस्कृत विधार्थीको पुरस्कारका साथमा अभिभावक ।

    विधार्थीहरुलाई सामुदायिक विधालयमा पढ्न अझ अभिप्रेरित गर्ने लक्ष्य र प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिने राईले प्रतिबद्धता जनाउनुभयो।

    गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। एसईईमा गाउँपालिकाको सातवटा सामुदायिक विधालयबाट २५२ जना विधार्थीले परीक्षा दिएका थिए।दिन प्रतिदिन सामुदायिक विधालयहरुको गुणस्तर खस्कीरहेको गुनासो आईरहेको अवस्थामा यो गाउँपालिकाले भने यस्तो उपाय निकालेको हो। गत बैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भएको थियो।
    साक्षरता दिवसमा हाजिरीजवाफ
    गाउँपालिकाले ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको कक्षा ९–१२ को हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी मावि बाक्सिला प्रथम, थर्पुडाँडा मावि सप्तेशवर दोश्रो र कुहुडाँडा मावि फेदी तेश्रो भएका छन्। हाजिरी जवाफ प्रतियोगिताका विजतेता समुहले क्रमशः १०, ७, ५ हजार पुरस्कार र प्रमाण पत्र पाएका छन्।
    यस्तै, कक्षा १–८ को नृत्य प्रतियोगितामा पृथ्वी मावि बाक्सिला प्रथम, सुक्रजित मावि दोश्रो, बेबिकेयर ईग्लिस बोर्डिङ स्कुल तेश्रो र सनसाइन ईग्लिस बोर्डिङ स्कुल सान्त्वना भए। नृत्यमा प्रथम, दोश्रो, तेश्रो, सान्त्वना हुनेले क्रमशः १०, ७, ५, ३ हजार र प्रमाण पत्र पाएका छन्।

    कक्षा १–५ को हिसाब दौडमामा कालिका आविका लक्षुमण विक प्रथम, सुर्य मावि सुङदेलको रितु कोयी राई दोश्रो र जालपा माविका अप्सरा घले तेश्रो भएका छन्। उनीहरुले क्रमशः ३, २ र १ हजार र प्रमाण पत्र पाएका छन्। पुरस्कार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतले वितरण गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology