समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा महालेखापरीक्षकको टोली पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि त्यहाँ महालेखापरीक्षक टोली पुगेको हो।
टोलीले बुधबारदेखि गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। महालेखापरीक्षकको कार्यालयका निर्देशक दुर्गा बहादुर बस्नेत नेतृत्वको टोलीले लेखापरीक्षण सुरु गरेको छ।
यो टोलीले हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण गरीसकेको छ।
महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रमोद केसी नेतृत्वको टोलीले वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लेखापरीक्षण गरीसकेको छ।
स्थानीय तहको लेखापरीक्षण गर्नका लागि महालेखापरीक्षकको ४/४ जनाको दुई टोली १ भदौबाट जिल्ला पसेको थियो। प्रत्येक गाउँपालिका तथा नगरपालिका पुगेरै लेखापरीक्षण गरिएको लेखापरीक्षण अधिकारी डिल्ली खनालले बताए । गएका वर्षहरुमा महालेखापरीक्षकको टोली सम्बन्धित स्थानीय तहमा नपुगी आफूलाई पायक पर्ने स्थानमा कागजात झिकाएर लेखापरीक्षण गराउने गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology