समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले चिया खेतीको सुरुवात गरेको छ। गाउँपालिकाबासी कृषकहरुलाई चिया खेतीमा आर्कषण बढाउने उद्देश्यले अभियानकै रुपमा गाउँपालिकाको चिया खेती हुने भुगोलहरुमा चिया खेतीको सुरुवात गरेको हो।
गत बुधबारदेखि केपिलासगढी गाउँपालिका–१ फेदीबाट चियाको विरुवा रोप्न सुरु गरिएको छ। त्यस वडाभरी कृषकको समुह समुह बनाएर ३० हजार चियाको विरुवा दिएको र उनीहरुले अहिले धमाधम चिया रोपि रहेको गाउँपालिकाले जनाएको छ। चियाको ३० हजार विरुवामध्ये गाउँपालिकाले बुईपाबाट २५ हजार विरुवा खरीद गरेको हो भने, बाँकी ५ हजार विरुवा गाउँपालिकामै नर्सरी राखेर हुर्काइएको हो।
प्राविधिक खर्च समुदायले व्यवस्थापन गरेपछि इलामबाट चियाको प्राविधिक झिकाई वातावरणीय परीक्षण गरेर चिया रोप्न सुरुवात गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। गाउँपालिकाको सातै वडामा जहाँ जहाँ चिया हुन्छ ति सबै ठाउँमा चिया रोप्ने योजना छ। अध्यक्ष राईले भने, चिया खेतीप्रति कृषकहरु ज्यादै उत्साहित छन्।
चिया खेतीका लागि गाउँपालिकाले यहि वर्ष नर्सरीको तयारी गर्ने भएको छ। आगामी दुई वर्षपछि कृषकले त्यही नर्सरीबाट हुर्काइएको चिया रोप्ने जनाईएको छ। यस गाउँपालिका लेकमा पर्ने भएकाले चिया खेतीको राम्रो संम्भावना रहेको छ। चिया खेतीका कारण बाँझो बसेका जमिनहरु पनि सदुपयोग हुने अपेक्षा गरिएको छ। 
यस्तै,केपिलासगढी गाउँपालिकाले तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने तयारी थालेको छ। तोरी उत्पादन गरेर खानेतेलमा आत्मनिर्भरता बनाउने उद्देश्यले गाउँपालिकाभरी तोरी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने तयारी थालेको हो।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम अन्तर्गत अहिले कार्यविधि बनाउने काम भईरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology