Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाले ‘विपद तथा राहत कोष’ खडा गर्ने

केपिलासगढी गाउँपालिकाले ‘विपद तथा राहत कोष’ खडा गर्ने


समायोजन खबर
  • मंगलबार, असार २१ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले ‘विपद तथा राहत कोष’ खडा गर्ने भएको छ। प्राकृतिक विपत्तीमा परेकाहरुलाई उद्धार र सहयोग पु¥याउने उद्देश्यले कोष खडा गर्ने भएको हो।

    सोमबार बसेको कार्यपालिकाको बैठकले पालिकाले छुट्टै कोष खडा गर्ने निर्णय गरेको छ। बर्खायाममा अधिकांश गाउँपालिकाका वडाहरुमा बाढी, पहिरोबाट मानिसहरु विस्थापित हुने गरेकाले उहाँहरुको सहयोगका लागि कोष खडा गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    खडा गरिएको कोषमा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट तत्काल दुई लाख जम्मा गरिने छ। सवै जनप्रतिनिधिहरुको एक दिनको सेवा सुविधा जम्मा गरिने र कर्मचारी, शिक्षक लगायत सबैलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरिने तथा गाउँपालिका भित्रका उधोगी, व्यापारी, देश विदेशमा रहेकाहरुलाई कोषमा सहयोग गर्न आग्रह गरिने गाउँपालिका अध्यक्ष राईले बताए।

    कोषको संयोजक गाउँपालिका अध्यक्ष र सचिव प्रमुख प्रशासकीय अधिकृत हुनेछ । अन्य जनप्रतिनिधिहरु सदस्य हुनेछन्। कोष सञ्चालनका लागि तत्काल कार्य विधि तयार गरिनेछ।
    कोष खडा गरेर बैंक खाता खोले लगत्तै सहयोगका लागि दाताहरुलाई आव्हान नै गरिने गाउँपालिका अध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology