Samayojan khabar

Advertisment

SKIP THIS

फेदीमा पहिरोले गोठ पुर्दा दुनो भैसी मर्‍यो

फेदीमा पहिरोले गोठ पुर्दा दुनो भैसी मर्‍यो


समायोजन खबर
  • शनिबार, असार १८ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा गोठ माथिबाट पहिरो झर्दा एकवटा दुनो भैसी मरेको छ। शुक्रबार राती परेको अविरल वर्षाका कारण पहिरो झरेर गोठ पुरिदा फेदी चिलिम्खाका बडमणि राईको दुनो भैसी मरेको हो।

    पहिरोको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष समिर राई ।

    पहिरोले थोरे भैसीको एक वटा खुट्टा भाँचिएको छ। पहिरोमा परेको गाई र पाडोलाई उद्धार गरि बचाईएको फेदीका वडाध्यक्ष निरकुमार राईले जानकारी दिए । पहिरोले भेडाको गोठमा थोेरै क्षति गरेको छ।

    तपसी दामलुङ सडकको नयाँ ट्रयाक कारण पहिरो गएको हो। यस्तै, फेदीको शुक्रबारे बजारमा रहेको बुद्धिराज राईको घरमूनीबाट पहिरो गएपछि जोखिम बढेको छ। बुद्धिराजको घरमूनि रहेको दुजायान्ती राईको घर पनि जोखिममा परेको छ।

    पहिरोका कारण पशु चौपाया मरेको तथा घरहरु जोखिममा परेको जानकारी आएपछि शनिबार गाउँपालिका अध्यक्ष समिर राईले स्थलगत अनुगमन गरेका छन्। अवस्था हेरेर राहत दिईने गाउँपालिका अध्यक्ष राईले बताए। राईका अनुसार पहिरोले फेदीमा वितण्डा मच्चाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology