समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा अवस्थित पृथ्वी मावि बाक्सिलालाई १८ कोठे पक्की भवन हस्तान्तरण गरिएको छ।
गोर्खा वेलफेयर ट्रस्ट र गाउँपालिकाको वजेटमा निर्माण सम्पन्न भएको पक्की भवन मंगलबार गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले विधालयलाई हस्तान्तरण गरेका छन्।
पहिलो चरणमा गोर्खा वेलफेयरबाट १ करोड ८८ लाख १३ हजार ८४४ र गाउँपालिकाको १८ लाख ३१ हजार ४१६ तथा दोश्रो चरणमा वेलफेयरको १ करोड ४८ लाख ८५ हजार ३७ रुपैयाँ र गाउँपालिकाको १५ लाख गरी कूल बजेट ३ करोड ७० लाख ३० हजार २९० रुपैयाँमा भवन निर्माण भएको जनाईएको छ।
कमजोर र जीर्ण भवनले गर्दा बर्खायाममा पठनपाठन गर्न असहज भईरहेको अवस्थामा नवनिर्मित पक्की भवनले पठनपाठनमा सहजता हुने तथा विधार्थीहरुमा पनि पढ्न मनोबल बढ्ने गाउँपालिका अध्यक्ष राईले बताए। आर्कषक एवंम् सुविधा सम्पन्न भवन बनाउनमा विशेष भूमिका निर्वाह गर्ने गोर्खा वेलफेयर ट्रस्टलाई अध्यक्ष राईले धन्यवाद दिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology