समायोजन खबर खोटाङ, नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको छ।
सोमबार दिक्तेलस्थित सगरमाथा होटलमा कार्यक्रमको आयोजना गरी कांग्रेसबाट निर्वाचित मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षलाई युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाँई, युनियनका केन्द्रीय पार्षद तथा बरिष्ठ पत्रकार कृष्ण आचार्यले खादा लगाई बधाई तथा शुभकामना दिएको हो।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, रावाबेंशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराको उपस्थिति थियो।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्का तथा दिक्तेल–१ का वडाध्यक्ष नवराज राईको उपस्थिति थियो। ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश राजभण्डारी र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई भने कार्यक्रममा सहभागी भएनन्।
खोटाङमा कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा आफ्नो नेतृत्व जमाएको छ। नेकपा एमाले र माओवादी केन्द्रको २/२ गाउँपालिकामा नेतृत्व आएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology