समायोजन खबर, विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै आज मङ्गलवार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो । अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले ‘आफूले भनेअनुसार गरेमा सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरूको आरोप छ । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर केहीबेर प्रदर्शनसमेत गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology