समायोजन खबर खोटाङ, स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ ग्रहण गरेका छन्।
३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले सपथ खुवाएका थिए।
दुई नगरपालिका, आठ गाउँपालिका रहेको यहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेसका तिर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई निर्वाचित भएका हुन्।
रावाबेशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई, साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकै अरुणादेबी राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन्।
गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई भने नगरप्रमुख तथा अध्यक्षले सपथ खुवाउने छन्। यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गर्दै आजै सपथ ग्रहण गराएका छन्।
हेर्नुहोस सपथ ग्रहणको भिडियो https://www.facebook.com/samayojankhabar/videos/5054972504623327
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology