समायोजन खबर, बाग्लुङको बडिगाड गाउँपालिका यतिबेला चुनावी रन्कोमा होमिएको छ। गाउँपालिकामा आ,आफ्नो पार्टीबाट अध्यक्षको उम्मेदवारी दिएकाहरु चुनावी सभा तथा घरदैलो कार्यक्रमहरुमा व्यस्त छन्।
जनताहरुले भने ५ वर्षका लागि सक्षम नेतृत्व चयन गर्ने दाउमा छन्। त्यही गाउँपालिकामा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका राजन पाइजासँग चुनाव केन्द्रीत रहेर समायोजन खबर डटकमले संक्षिप्त कुराकानी गरेको छ।
तपाईको उम्मेदवारी किन ?
मैले बडिगाड गाउँपालिकाको भूगोलदेखि हरेक कुराहरुलाई नजिकभन्दा नजिकबाट नियालेको छु। यहाँको बसोबास, संस्कार संस्कृती, रहनसहन, भौगोलिक बिकटता, विकास निर्माण, गाँस, बास, कपास लगायत सबै कुराहरु मैले सुक्ष्म ढंगबाट नियालेको छु/देखेको छु। त्यसलाई उचित व्यवस्थापन, संरक्षण, प्रवद्र्धनका लागि मेरो उम्मेदवारी हो। समग्रमा भन्नुपर्दा बडिगाड गाउँपालिकाको विकास, संमृद्धि र सुशासनका लागि मेरो अध्यक्षमा उम्मेदवारी हो।
मतदाता कहाँ गएर भोट माग्दै हुनुहुन्छ । मतदाता के भन्छन् ?
यहाँको सबै मतदाताहरु बुझने हुनुहुन्छ भन्ने लाग्छ मलाई। उहाँहरुले कुनै पार्टी नहेरी जनताको काम, पिरमर्का बुझ्ने राम्रो मान्छे आउनुपर्छ भन्ने छ। यसको मतलब म राम्रो भन्ने कुरा हैन। जे होस बडिगाडका मतदाताहरुको सोचाई चाँहि राम्रो मान्छे, काम गर्ने मान्छे, गाउँपालिकालाई संमृद्ध बनाउने मान्छे, विकासको एक–एक हिसाबकिताब गर्ने मान्छे आउनुपर्छ भन्ने उहाँहरुको भनाई छ। खासगरी युवाहरुले चाँहि केही गर्छ कि भन्ने उहाँहरुको सोचाई छ, भनाई छ।
गाउँपालिका अध्यक्ष जित्नु हुन्छ ?
जनताको दुःख पिडामा आफ्नो ज्यानको बाजी राखेर काम गरेको छु। मेरो काम गराइ देखेर पनि कुनै नेतृत्वमा नहुंदा त त्यति धेरै काम गर्ने मान्छे, नेतृत्वमा पुगेपछि जनताका लागि कति काम गर्ला भन्ने सोचले पनि यहाँका मतदाताहरुले मलाई जिताउनु हुन्छ भन्ने बिश्वास छ।
जित्ने आधारहरु के–के हो ?
सामान्य कुराहरुमा पनि जनतासँग जोडिनु पर्दोरहेछ। धेरै ठूलाठूला कामहरु भन्दा पनि स्थानीयले सामान्य खालका कामहरुमा पनि अपेक्षा गर्दोरहेछ। कोभिड दुःखद कुरा थियो, कोभिड आयो गयो, त्यतिबेलाको मेरो काम, बाढीपहिरो, आपतविपत, समाजमा हुने हरेक घट्नाहरुमा, हरेक दुखमा म कहि न कहि जोडिएको हुनाले फल्ना भईसकेपछि यसले चाँहि केही न केही गर्न सक्छ, जनताको साहारा बन्न सक्छ, केही कुराहरु अगाडी लान सक्छ, निस्वार्थ तरिकाले काम गर्न सक्छ भन्ने हेतुले उहाँहरुले सोच्नु भयो भने त्यही आधारमा मैले चुनाव जित्न सक्छु।
जित्नुभयो भने गाउँपालिका कस्तो बन्छ ?
सबैको आ,आफ्ना बिचार एजेण्डाहरु छन्। मसँग त्यति ठूलो एजेण्डाहरु छैन। बडिगाड गाउँपालिकामा विशेगरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका केही कुराहरु मात्रै गरेको छु। भनेको छु। अरु कुराहरु त आफ्नो ठाउँमा हुने कुराहरु हो।
भूगोल टाढा टाढा भएकाले स्कुल जान पनि नसक्ने अवस्था भएकाले विशेषगरी शिक्षाका लागि आवासको व्यवस्थापन गरेर माध्यमिक तहसम्म चाँहि निःशुल्क व्यवस्थापन गर्ने, आधारभूत स्वास्थ्य निःशुल्क व्यवस्थापन गरिदिन्छौ, कृषितर्फ उत्पादनको आधारमा अनुदानको व्यवस्थापन गर्छौ, उत्पादन भएको वस्तुलाई बजारको ग्यारेन्टी गर्ने, युवाहरुलाई तालिम दिएर दक्ष भईसकेपछि गाउँपालिकाले नै साना साना उधोगहरु खोलेर त्यही रोजगार दिनेछौ। र, हामीले गर्न सक्ने मात्रै काम गर्छौ, गफ गर्दैनौ।
मतदाताहरुलाई के भन्नु हुन्छ ?
बडिगाडबासीहरु सबै शिक्षित हुनुहुन्छ, धेरै निर्वाचनहरुमा भाग लिईसक्नु भएको छ। राम्रो मान्छे, राम्रो व्यक्ति छान्न सक्ने सबैको आ,आफ्नो अधिकार रहन्छन्। त्यो अधिकार सही ठाउँमा सदुपयोग ग¥र्यौ भने बडिगाड गाउँपालिका साच्चिकै संमृद्ध बन्न सक्नेछ। भोेट दिनेबेलामा स्वविवेकले मत दिनुहोला, भोट लगाउने एक दिनले १८२५ दिनसम्म आफै पनि निराशा नहुनेगरी सबल, सक्षम नेतृत्व छान्न हुनका लागि अनुरोध गर्दछु।
यो पनि पढ्नुहोस,जनताका दुःखमा एम्बुलेन्स चालक बनेका पाईजा, गाउँपालिकाकै चालक बन्ने दौडमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology