• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनताका दुःखमा एम्बुलेन्स चालक बनेका पाईजा, गाउँपालिकाकै चालक बन्ने दौडमा

जनताका दुःखमा एम्बुलेन्स चालक बनेका पाईजा, गाउँपालिकाकै चालक बन्ने दौडमा


समायोजन खबर
  • बुधबार, बैशाख २१ २०७९

  • बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्षका प्रत्यासी राजन पाईजा।

    समायोजन खबर, बागलुङ बडिगाड गाउँपालिकाका जनताका लागि मरिहत्ते गर्ने र जनताले विपदमा सधै सम्झने नाम हो राजन पाईजा। पाईजा गाउँपालिकाको कुनै वडाको निर्वाचित वडाध्यक्ष, सदस्य भने हैनन्, गाउँपालिका अध्यक्ष त हुंदै हैनन् । तर, पनि आपतविपतमा उनै अघि सर्छन, आफै गाडी चलाएर विरामी अस्पताल लान्छन्, बिरामीको घरघरमा औषधि लिएर जान्छन् सेवा गर्छन्। अहिले पनि उनी त्यसै गर्छन्।

    २०४४ साल भदौ १३ गते बाग्लुङको ग्वालीचौर गाविस साविकको वडा नं. ९ सिमाक, हालको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा बुबा मेहर सिं पाइजा र आमा मनकुमारी पाइजाको कोखबाट जेठा छोराको रुपमा जन्मिएका उनले भानु उमावि ग्वालीचौरबाट प्रवेशिका परीक्षा एसएलसी उतिर्ण गरेका हुन्।

    पाईजा २०५४ सालदेखि सितोरियो कराते क्षेत्रमा प्रवेश गरे। बडिगाड डोजोको प्रमुख प्रशिक्षक हुंदै करातेको राष्ट्रिय खेलाडी बन्न सफल भए। एसियन कोचको लाइसेन्स प्राप्त गरे। खेलक्षेत्रमा अब्बल नाम कमाएका उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउँदै दर्जनौ पदक जिते। जापान, मलेशिया, कोरिया, दुबई, भारत, सिङगापुर जस्ता मुलुक प्रतियोगिताहरुमा सहभागी जनाउने क्रममा पुगे।

    २०५८ सालदेखि नेकपा माओवादी केन्द्रको विधार्थी राजनीतिबाट औपचारिक राजनीति सुरु गरेका पाईजा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा सामेल पनि भए। तर, नेकपा फुटेपछि एमालेमै समाहित भएका उनी व्यक्तिगत कामकै कारण पार्टीका भन्दा पनि जनताका प्यारो मान्छे बन्न पुगे । उनको काम गराईले बडिगाडमा नेतृत्वको झल्को दिन थाल्यो। विपदमा सधै अगाडी सर्ने पाईजा अन्ततः विपद प¥र्यो कि सबैले सम्झने नाम नै ‘राजन पाईजा’ बन्यो।

    त्यही राजन पाइजा यतिबेला एमालेबाट बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन्। त्यही सरल, शालीन, भद्र, युवा अहिले गाउँघरमा भोट माग्न थालेका छन्। ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनबाट जनताको भोट पाए नेतृत्वमा पुगेर जनतालाई हर्षित बनाउने उनी बताउँछन्। पार्टीको नामले भन्दा पनि व्यक्तिको हिसाबले उनी धेरैभन्दा धेरै जनतासामू गईरहेका छन्।
    कोरोना संक्रमित बोक्नेदेखि शव व्यवस्थापनमा खटेका थिए पाईजा
    कोरोना भाइरसको संक्रमणका कारण मानव जाती हायलकायल हुंदै घरभित्र बसिरहंदा उनै पाईजा ज्यानको माया मारेर बडिगाडका जनता बचाउन अघि सरे । उनलाई आफ्नो भन्दा जनताको जीउधन जोगाउनुपर्छ भन्ने चेत आयो/आइरह्यो । कोरोनाबाट सावधान हुन भन्दै गाडीबाड माइकिङ गर्दै पालिकाभरी खटे।

    कोभिडका बेला बडिगाड गाउँपालिकामा सबैभन्दा सक्रिय व्यक्ति राजन नै थिए। कोही कसैलाई कोभिडको शंका भयो कि स्वाव संकलन गर्नदेखि आरडिटी परीक्षण गर्नका लागि सबैभन्दा पहिला राजनलाई सबैले बोलाउने गर्दथ्यो। अनि राजन घरघरमा पुगेर औषधि बाँड्नेदेखि स्वाव संकलन गर्नेसम्मको काम स्वास्थ्यकर्मीसँग समन्वय गरेर गरिहाल्थे।कोभिडका समयमा पिपिई सेट पहिरीएर एम्बुलेन्स चलाउँदै राजान पाईजा।

    बडिगाडका जनताको मन त्यतिबेला छोए राजनले जुनबेला कोभिडले मानिस आक्रान्त हुंदा राजन आफै पिपिई सेट पहिरीएर एम्बुलेन्स चलाएर संक्रमितलाई अस्पताल लगे, अस्पतालबाट घर ल्याए। यहाँसम्म कि कोभिडका कारण अकालमै ज्यान गुमाएकाको शव व्यवस्थापन पनि उनै राजनले गरे। कोभिडमा राजनले गरेको कामलाई स्थानीय र मूलधारका मिडियाले ठूलाठूला समाचार बनाए।

    कोभिडको पहिलो र दोश्रो महामारीमा पाईजाले नेपालका विभिन्न जिल्ला र विभिन्न देशमा भएका ६ हजार बडिगाडबासीसँग समन्वय गरे। धेरैभन्दा धेरैको उद्धार गरे। अहिले तिनै मानिसहरु पाइजा गाउँपालिका अध्यक्ष उठेभन्दा खुलेर भोट लगाउन गाउँ फर्कन थालेका छन्, सामाजिक सञ्जालबाट भोट मागिदिन थालेका छन्।
    कोभिडमा उद्धार गरेका व्यक्तिहरु राजनलाई भोट दिन विदेशबाट आउन थालेका छन् । भारत, युरोप, माल्टा, कोरियाबाट राजनलाई भोट ल्याउन मानिसहरु गाउँ आउन थालेका छन्। कोभिडमा गरेको कामले उनले धेरै ठाउँबाट प्रशंसा र सम्मान पाएका थिए।
    सबैका मान्छे राजन
    सामाजिक काममा क्रियाशिल राजन, यस्तो मान्छु हुन् पुगे उनी कुनै पार्टीमा संलग्न भए पनि उनको कामको कारण बडिगाडबासीले राजनलाई मनमा राखे। सानादेखि ठूलासम्मको प्यारो मान्छे बने।

    कोभिडमा राजनले गरेको काम देखेर अनि व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएकाहरुलाई आजित बनाउने चितुवा नै समाएर वनमा छोेडेपछि राजन कुनै पार्टीको मान्छे नै भएनन्। सबैको साझा मान्छे बने।कुखुरा पालन गर्दै आएकाहरुलाई आजित बनाउने चितुवा समाउँदै राजन पाईजा।

    बडिगाडबासीले मलाई पार्टीको मान्छे नै हैन भन्ने गरेका छन्। काम गर्दा पार्टी छुट्याएर कहिल्यै काम गरिन। गाउँका लागि मरिमेटेर काम गरे। अहिले गाउँ समाजमा बसेका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु राजन जिताउनु पर्छ भन्नेमा एकमत हुनुहुन्छ। बुढाबुढीदेखि युवासम्म एकमत छन्। विदेशबाट मलाई नै भोट दिन आउँदैछु भन्छन्। त्यो सुन्दा हर्षित हुन्छु राजनले भने।

    नेतृत्वमा नभए पनि आपतविपतमा नेतृत्वले भन्दा बढी काम गर्ने, जनताको माग अनुसार समय र परिस्थिति अनुसार काम गर्ने उनै राजनलाई बडिगाड गाउँपालिका अध्यक्षमा जिताउन सबै लागि परेको एक श्रोत बताउँछ। सबैको मन, मुटुमा बसेका कारण जनताले आफूलाई रोज्नेमा दुईमत नरहेको पाईजा सुनाउँछन्।
    उर्जाशिल नेतृत्व, सामाजिक तथा राजनैतिक दृष्टिकोणबाट सफल व्यक्तित्व पाईजालाई चुनाव जिताउनुपर्छ भनेर देश, विदेशमा बसोबास गरिरहेका बडिगाडबासीहरुले आफ्नो घर, परिवार, छिमेकी इष्टमित्र, नरनातालाई लगातार म्योसज, फोन गरिरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology