समायोजन खबर खोटाङ, यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा समीर राईको उम्मेदवारी छ। कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दर्ता गराएका राईसँग समायोजन खबर डटकमले निर्वाचित केन्द्रीत भएर संक्षिप्त कुराकानी गरेको छ।
तपाईको उम्मेदवारी किन ?
केपिलासगढी गाउँपालिकाको सम्पूर्ण विकास निर्माणदेखि लिएर सुशासन कायम गर्नका लागि मेरो उम्मेदवारी हो। भौतिक, सामाजिक, आर्थिक विकास गर्न, खानेपानी व्यवस्थापन तथा शुद्धीकरण गर्न, भाषाभाषीको उचित संरक्षण/व्यवस्थापन गर्न, बेरोजगारीको अन्त्य गर्न, आधुनिक कृषिकरण गर्न, शिक्षा क्षेत्रको बेतिथिलाई अन्त्य गर्न, व्याप्त भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न लगायत समग्र गाउँपालिकाबासीको हितमा काम गर्नका लागि मेरो उम्मेदवारी हो।
मतदाता कहाँ गएर भोट माग्दै हुनुहुन्छ । मतदाता के भन्छन् ?
विगतका जनप्रतिनिधिहरुले गरेका जुन कुरा ५ वर्षमा जे गर्नुपर्ने थियो त्यो नगरेका कारण हामीले अहिलेसम्म मतदाताहरुलाई के भनेका छौ भने ५ वर्षभित्र हामीले जित्दै गर्दाखेरी के गर्न सकिन्छ, के सम्भावना छ ? त्यो मात्रै गर्ने भनेको हुनाले मतदाताहरु हामीसँग उत्साहित हुनुहुन्छ।
हामी टोलटोलमा जाने भन्दा पनि मतदाताहरुले हाम्रो विचारहरु, आगामी कार्यक्रमहरु, गाउँपालिकाको विकास, संमृद्धीका निम्ति हाम्रो कुरा सुन्नका निम्ति उहाँहरुले हामीलाई टोलटोलमा बोलाईरहेको कारणले गर्दाखेरी मतदाताहरु हामीलाई मतदान गर्न उत्साहित हुनुहुन्छ।
गाउँपालिका अध्यक्ष जित्नु हुन्छ ?
जित्ने प्रशस्त आधारहरु छ। हामीसँग अहिले पार्टी परित्याग गरी प्रवेश गर्नेको जनलहर त्यतिकै छ। विभिन्न पार्टीमा ३०/३५ वर्ष काम गरेका साथीहरु कांग्रेस पार्टीसँग जोडिनु भएको छ। सबै वडाहरुमा युवादेखि पाकासम्मका व्यक्तिलाई जनप्रतिनिधिको रुपमा उठाएका कारणले सबै पुस्ताको प्रतिनिधित्व छ। त्यसकारण पनि चुनाव जित्ने आधार बलियो छ।
जित्नुभयो भने गाउँपालिका कस्तो बन्छ ?
हाम्रो टिमले चुनाव जित्दै गर्दा यो गाउँपालिकामा सानासाना विकास निर्माणका कामहरु अहिलेका जनप्रतिनिधिले गरिरहेको देखिएन। हामीले जनतालाई भ्रम छर्ने, ठूलो आश्वसन दिने काम गरेका छैनौ। हामी सानासाना कामलाई गरेर देखाउँछौ।
हामीले ५ वर्षभित्रको एउटा कार्ययोजना तयार गरेका छौ। आवश्यकतालाई प्राथमिकतामा राखेर सातै वडामा, एक घर, एक धाराको अवधारणा लिएका छौ, गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म सहज किसिमले आवतजावत गर्नका लागि सडक स्तरोन्नती गर्ने भनेका छौ। प्रदेश, संघीय सरकारको बजेटबाट निर्माण गरिने सडकको खाका बनाएका छौ।
स्थानीय लघु जलविधुतलाई व्यवस्थापन गर्ने, केन्द्रीय विधुतलाई ७ वडाको घरघरमा पु¥र्याएर ५ वर्षको अवधिमा उज्यालो गाउँपालिका घोषणा गर्ने नीति छ। कृषिको नाममा गाउँपालिकाले एउटा टनेल बाँडेको छ, पाइप बाँडेको छ, बाख्राको बोका बाँडेको छ, सुगुरको पाठा बाँडेको छ त्यसको अन्त्य हुनुपर्छ। भूगोलको अध्ययन नगरीकन मनपरी बोटबिरुवा बाँडेको छ त्यसको हामी अन्त्य गर्छौ। व्यापक अध्ययन, अनुसन्धान गरेर काम गर्छौ।
कृषिलाई खानको रुपमा मात्रै नभएर आम्दानीको रुपमा बृद्धि गर्छौ। ५ वषभित्र जेजे गर्न सक्छौ त्यही कुराहरु मात्रै गर्छौ। मतदातालाई त्यही विश्वास दिलाएका छौ, त्यही आधारमा गाउँपालिकाको मुहार फेर्छौ।
मतदाताहरुलाई के भन्नु हुन्छ ?
हामीले घरदैलो गर्ने क्रममा गाउँपालिकाका मतदाताहरुलाई धेरै कुरा भनेको छैन। गाउँपालिका अध्यक्षका लागि मेरो उम्मेदवारी दर्ता भएको छ। हामीले तपाईहरुलाई कम्युनिष्टले जस्तो झुटो आश्वसन दिएर मत फकाएका छैनौ। हामीले विजयी हुंदै गर्दाखेरी उहाँहरुले मतदान गर्दै गर्दाखेरी हामीले ५ वर्षभित्र गर्ने कुराहरु यी हुन भनेर विश्वास दिलाएका छौ, उहाँहरुलाई भरोसा दिलाएका छौ। र, हामी ५ वर्षलाई मात्रै चुनाव जित्ने रणनीतिमा छैनौ।
म आफै पनि यो ठाउँमा २० देखि २५ वर्ष राजनीति गर्नुपर्ने भएको कारणले पटकपटक तपाईको सामू, जनताको घरदैलोमा आउनुपर्ने भएकाले जे गर्न खोजेको छु, त्यो गरेको छु, तपाईहरुसँग त्यही प्रतिबद्धता छ।
त्यसैले आम केपिलासगढी गाउँपालिकाका मतदाता आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुलाई के अपिल गर्दछु भने तपाईहरुले लगाउनु भएको एकएक मतको उच्च मुल्याङकन गर्दै, उच्च सम्मान गर्दै हामीलाई दिएको मतको कारणले कहिले पनि कस्तो नेतृत्व स्थापित गरियो, कस्तो व्यक्तिलाई मतदान गरियो भन्ने कुनै पनि सोच्न नसक्ने र उहाँहरुको मतको उच्च मुल्याङकन गर्दै मतदाताहरुको शिर निहुरिन नदिने प्रतिबद्धता जाहेर गर्दै यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मलाई मतदान गरी अत्याधिक मतले विजयी गराउन हुन हार्दिक अपिल गर्दछु।
यो पनि, केपिलासगढी गाउँपालिका अध्यक्षका उम्मेदवार समीर राई को हुन् ?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology