• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिका अध्यक्षका उम्मेदवार समीर राई को हुन् ?

केपिलासगढी गाउँपालिका अध्यक्षका उम्मेदवार समीर राई को हुन् ?


समायोजन खबर
  • सोमबार, बैशाख १९ २०७९

  • केपिलासगढी गाउँपालिका अध्यक्षका प्रत्यासी समीर राई।

    समायोजन खबर खोटाङ,केपिलासगढी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका समीर राई कांगेसका शालीन युवा नेता हुन्। जनताको काम र तनावमा हमेशा ज्यान दिएर लाग्ने, कहिल्यै रिसाउन नजान्ने उनलाई सादगी नेताका रुपमा पनि चिन्ने गरिन्छ।

    आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसबाट त्यहाँ अध्यक्षको उम्मेदवारी दिएका राईले ७ वडा समाबेश रहेको केपिलासगढी गाउँपालिकालाई संमृद्ध गाउँपालिका बनाउने अठोट लिएका छन्।

    आफूले यो गरे, त्यो गरे भनेर प्रचारप्रसार गर्न त्यति नरुचाउने तर, जनताको काममा सधै फोकस गर्ने बानीकै कारण त्यस गाउँपालिकामा अत्याधिक रुचाईएका नेतामा पर्छन उनी । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई काम गर्दै आएका उनको प्रभाव सबै वडामा उस्तै रहेको छ । बालकदेखि बृद्धासम्म उनलाई शालीन, सादगी, भद्र र युवा नेताको संज्ञा दिन्छन्।

    कांग्रेसको भातृ संस्था तरुण दलको जिल्ला सदस्य हुंदै जिल्ला कार्य समिति सदस्यीय, संसदीय प्रमुख हुंदै सातौ जिल्ला अधिवेशनबाट कांग्रेसको जिल्ला सचिवमा निर्वाचित राईले गाउँपालिका अध्यक्षको टिकट पाएपछि गाउँपालिकाभरीका जनताहरु समीर राईलाई नेतृत्वमा पु¥याउन लालयित भएको एक श्रोत बताउँछ।

    उनले शिक्षातर्फ सोसोलोजी र पोल्टिकल साइन्समा मास्टर्स सकेका छन्। मैले चुनाव नजितेसम्म गाउँपालिकाका अधिकांश जनताहरु नेट, ईन्टरनेटको पहुंचभन्दा बाहिर बस्नुपर्ने देखिन्छ, अन्य विकासहरु त छदैछ। गाउँघर नेट, इन्टरनेट, फोनको पहुंचभन्दा बाहिर छ । राईले भने, भोट माग्न जाँदा अहिलेसम्म जनता नेट, इन्टरनेट, फोनबाट टाढा देखियो। उहाँहरुलाई त्यसको प्रत्याभूती गराउनुछ अनि संमृद्ध गाउँपालिका बनाउने योजना त छदैछ।’

    २०७४ को स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमै उठेर झिनो मतान्तरले पराजय भोगेका राई यो पटक निर्वाचन जित्ने दाउमा छन्। ‘अहिलेसम्मको अवस्था हेर्दा चुनाव जितिराखिएको छ। चुनावका दिनसम्म मान्छे कसरी थाम्ने भन्ने मात्रै छ।’ राईको प्रतिक्रिया थियो।
    त्यहाँ राईको पूरानै प्रतिस्पर्धी छन्। उनीसँगै एमालेबाट कृष्णकुमार राई र नेकपा एकिकृत समाजवादीका माइतीराज राई गाउँपालिका अध्यक्षमा उठेका छन्। कृष्णकुमार सो गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology