• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना


समायोजन खबर
  • आइतबार, चैत्र २७ २०७८

  • फाइल तस्विर।

    समायोजन खबर, काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    मौसमविद् वरुण पौडेलकाअनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ। यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो।

    प्रि(मनसुनको समयमा पानी पर्नु र मेघगर्जनसहित चट्याङ्ग पर्नुमा स्थानीय वायुको भूमिका धेरै हुन्छ। प्रि_मनसुनमा कुनै एक ठाउँमा पानी पर्ने र सँगै जोडिएको अर्को ठाउँमा पानी नपर्ने हुन्छ।

    अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायु दुवैको प्रभाव परेको छ। यसकै कारण वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology