समायोजन खबर खोटाङ, हालको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको निर्वाचित गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको जन्म २०३५ असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो।
महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरे। प्रवेशिका परीक्षा उतिर्णसँगै राई विधार्थी राजनीतिमा सक्रिय भए।
प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरवाट इतिहास विषयमा स्नातकोत्तर सके। इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान पनि हाँसिल गरे।
२०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाईको उपसभापति भएका उनी सोही वर्षमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बने। २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए, २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे।
नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विधार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला फर्के। पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिए। फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रिय अधिवेशनमा पनि क्षेत्रिय सभापतिका उम्मेद्वारी दिएका उनी जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले।
छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धीलाई करीव १२ सय मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्ष बनेका राईले जिल्लाको हकमा सवैभन्दा वढी मत ल्याएका थिए।
सभापतिमा उम्मेद्वारी किन ?
आफू जित्नका लागि हैन नेपाली कांग्रेसलाई जिताउनका लागि सातौ जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वारी रहने राईले बताउनुभयो।
बलियो संगठन बनाउँदै आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न तथा अग्रजको अनुभव र युवाहरुको जोश जाँगरलाई संयोजन गर्दै पार्टीलाई मजवुत बनाउनका लागि पनि मेरो उम्मेद्वारी हो।
राईले भन्नुभयो,“म जिल्ला सभापति भएको खण्डमा पार्टीभित्र कसैलाई अन्याय हुदैन, सवैले काम गर्ने अवसर पाउँछ। सबैले संगठन विस्तार गर्ने जिम्मा पाउनुहुनेछ।”
कांग्रेसमा संस्थागत राजनीति नभई रहेको अवस्थामा पनि सो परम्परालाई चिर्न उम्मेद्वारी दिने राईको भनाई छ। क्षेत्र नं. ‘ख’ का एकादुई बाहेक अन्य सबै क्षेत्रिय प्रतिनिधिहरु राईको पक्षमा छन्। क्षेत्र नं. ‘क’ मा पनि राईलाई नेतृत्वमा ल्याउन अधिकांश क्षेत्रिय प्रतिनिधिहरु उनको पक्षमा उभिएका छन्। राईलाई खोटाङ कांग्रेसमा गोल्ड मेडलिष्ट पनि भन्ने गरिन्छ।
गाउँपालिका अध्यक्ष हुँदा राईले गरे यी काम
स्थानीय तहको निर्वाचनवाट भारी मत ल्याई गाउँपालिका अध्यक्ष बनेका राईले मोटरेवल पुल निर्माणदेखि महालेखापरीक्षकलाई पालिकाको केन्द्रमै पुगेर लेखापरीक्षण गराउने थिति बसाले। महालेखापरीक्षक विरुद्ध राईले एक्सन नलिएसम्म अपावद बाहेक महालेखाले आफूलाई पायक पर्ने स्थानमा स्थानीय तहको कागजको पोको बोकाएर ल्याउन लगाई लेखापरीक्षण गर्ने गरेको थियो। राईले खबदरारी र एक्सन लिएपछि महालेखापरीक्षकको कार्यालयमा ठूलै तरंग फैलिएको थियो।
अध्यक्ष राईकै पहलमा गाउँपालिका र प्रदेश सरकारको ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ वजेटमा याम्खा र खाल्लेको विच साप्सुखोलास्थित बाटोफेदीमा ४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुल दुई वर्षमा निर्माण भयो। पुल बनेपछि दक्षिणी भेगका जनताको यात्रा नै छोटिएको छ।
गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत १ सय ७६ मिटर अग्लो धिप्लुङ झरनाको सौन्दर्यकरण गर्ने काममा राई मरिमेटेर लागेका छन् । राईको पहल र खबरदारीले गर्दा प्रदेश र संघीय सरकारले समेत झरनाको पहिचान गरी स्तरोन्नती र सौन्दर्यकरण गर्न बजेट विनियोजन गरेका छन्।
गाउँपालिकाको प्रशासनिक पक्की भवनको काम पनि राईको त्यतिकै खबरदारीले अन्तिम चरणमा पुगेको छ। पालिकाभित्र विधार्थी संख्या, विद्यालयको भौतिकस्थिति अनुसार शिक्षक दरबन्दी मिलानमा राईले निक्कै महत्वपूर्ण र वैज्ञानिक निर्णय गरेका छन्।
१८ जना कोरोना संक्रमितको बचाए ज्यान
कोरोनाको दोश्रो लहरले गाँज्दा अध्यक्ष राईले १८ जना संक्रमितको ज्यान बचाएका छन्। कोरोना संक्रमित भई होम आईसोलेसनमा बस्ने क्रममा स्वासप्रस्वासमा गम्भीर समस्या देखिएर ढलेका बिरामीहरुलाई आफूले प्रयोग गर्ने गाडीमा राखी आफै गाडी हाँकेर तथा पिठ्युमै बोकेर समयमै अस्पताल पु¥याएर ज्यान बचाएका थिए।
अन्य गाउँपालिका अध्यक्ष तथा नगरप्रमुख फोनवाट संक्रमितको उद्धार गर्न भनेर निर्देशन गरिरहंदा राई भने पीपीई सेट पहिरीएर संक्रमितको घर–घरमा पुगे, स्वास्थ्य स्थिति बुझ्ने काममा व्यस्त भए। कोरोना महामारीमा जनताको लागि मरिमेटेका राईको कामले सिङ्गो नेपालको ध्यान खिचेको थियो।
महामारीमा राईले यतिसम्म गरे कि कोरोना संक्रमित विरामीको घरसम्म आफैले गाडी हाँकेर लगे अनि घरसम्म गाडी नजाने स्थानका कोरोनाका विरामीलाई पीपीई सेट लगाएर पिठ्युँमै बोकेर गाडीमा ल्याई अस्थाई कोरोना अस्पताल पु¥र्याए। त्यस कामका कारण राईले सर्वत्र चर्चा बटुलेका थिए। राईले पिठ्युँमा कोरोना संक्रमित बोकेको फोटो राखेर ‘जनप्रतिनिधि हुन त यस्तो पो’ भनेर अधिकांश नेपालीले सामाजिक सञ्जालमा उनीप्रति सम्मान प्रकट गरेका थिए।
यो पनि पढ्नुहोस, गाउँपालिका अध्यक्ष नै चालक, अस्पताल ओसार्छन कोरोना संक्रमित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology