• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका अध्यक्ष नै चालक, काम कोभिड बिरामी अस्पताल ओसार्ने

गाउँपालिका अध्यक्ष नै चालक, काम कोभिड बिरामी अस्पताल ओसार्ने


समायोजन खबर
  • आइतबार, जेष्ठ १६ २०७८

  • कोरोना संक्रमितको उद्धार गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई ।

    समायोजन खबर खोटाङ, माथि तस्विरमा सेतो पीपीई लगाएर कोरोनाका बिरामी डो¥र्याउदै गाडीतर्फ लैजादै गरेका व्यक्ति तपाईलाई लाग्ला स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, प्रहरी अथवा सेना । ति व्यक्ति न स्वास्थ्यकर्मी हुन्, न रेडक्रसकर्मी अनि न प्रहरी र सेना । उनी हुन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई।

    कोरोनाको दोश्रो लहर तल्लोस्तरसम्म फैलिएपछि अध्यक्ष राई पीपीई सेट साथैमा राखेर आफूले प्रयोग गर्दै आएको बा २ झ ३८४९ नम्बरको गाडीबाट कोरोनाका गम्भीर बिरामीलाई अस्थाई कोभिड अस्पताल याम्खासम्म लैजान २४ सैं घण्टा स्टेण्डबाई बसेका भेटिन्छन् । गाडी उनी आफै हाँक्छन्।

    गाउँपालिकाको सातै वडामा जोखिम क्षेत्रबाट आएका, संम्भावित लक्षण देखिएका र अन्य स्थानबाट आएकाहरुको एन्टीजेन परीक्षण गरिसकेर होम आइसोलेसनमा छोडेका संक्रमितहरुलाई स्वासप्रस्वासमा समस्या आएमा तथा अन्य गम्भीर प्रकृतिका लक्षण देखिएमा आफूलाई जतिबेला पनि सम्पर्क गर्न भनि मौखिक तथा विज्ञप्ति जारी गरेर उनी यसरी स्टेण्डबाई बसेका हुन्।
    आफूले प्रयोग गर्ने गाडी आफै हाँक्दै स्वास्थ्यकर्मीसँग समन्वय गरी गम्भीर खालका संक्रमितको घर–घरमा पुगेर बिरामीलाई डो¥याउदै गाडीमा राखेर कोभिड अस्पताल ओसार्छन्। बिरामीलाई अस्पतालमा भर्ना गरेपछि मात्रै उनलाई राहत मिल्छ। गाउँपालिकाको गाडी चलाउन दुई जना चालक नियुक्ती गरिएको भए पनि एक जना संक्रमित भई उपचाररत रहेको र अर्को जनालाई एम्बुलेन्स बनाउन तराई पठाइएकाले आफैले गाडी चलाएर बिरामी उद्धार गरिरहेको अध्यक्ष राईले बताए।

    होम आइसोलेसनमा बसेकामध्ये हालसम्म दुई जनाको उनी आफैले उद्धार गरेका छन्। डाँडागाउँकी ४८ वर्षीया महिला र याम्खाकी ७४ वर्षीया बृद्धामा स्वासप्रस्वासको समस्या देखिएपछि उद्धार गरिएको हो। उद्धारमा २ घण्टा ढिला गरिएको भए निक्कै ठूलो समस्या पर्ने स्वास्थ्यकर्मीले बताएको अध्यक्ष राईले बताए। अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। त्यस्ता संक्रमित थपिने क्रम जारी रहेको र त्यसको सामना गर्न आफुहरु तयार रहेको अध्यक्ष राईको भनाई छ।

    भाईरल हुनका लागि यस्तो गुर्नभएको हो भन्ने प्रश्नमा उनी भन्छन् ‘संकटको घडीमा यो नसोचि दिन आग्रह गर्छु। योबेला हामीले मोर्चा नसम्हाल्ने हो भने, स्वास्थ्यकर्मी, नर्स, कर्मचारी, एम्बुलेन्स चालक, अन्य चालकको मनोबल गिर्छ। यो समय भनेको रिमोट चलाएर बस्ने हैन सबै खट्नुपर्छ भन्ने हो। आफू कोठाभित्र बसेर यो गर, त्यो गर, भन्दै बस्ने हैन आफै अग्रह मोर्चामा खटिने बेला हो यो।’
    जसलाई भाईरल हुन मन छ उहाँले आएर हाम्रो बिरामीलाई अस्पतालसम्म पु¥याईदिए हुने थियो नि। उनले थपे, यो हाम्रो कर्तब्य, जिम्मेवारी हो, संकटका बेला नागरिकलाई साथ दिन आवश्यक छ। नागरिकलाई समस्या परेको बेलामा हामी त्यहाँ हुन्छौ भन्ने हो भाईरलका लागि हैन। होम आइसोलेसनमा छोडेका कतिपय संक्रमितहरुले रोग लुकाई रहनुभएको छ। उहाँहरु अत्यन्तै पीडा भएपछि मात्रै बाहिर देखिने, खबर गर्ने गरेको छ । त्यस्ता बिरामीहरुलाई उद्धार गर्दा भाईरल भईन्छ र ?

    यतिबेला संक्रमितहरु गाउँ–गाउँमा बसिरहनु भएको छ। संक्रमितहरुलाई घृणाको दृष्टिकोणले हेर्ने, उसको घर नजाने, नभेट्ने, फोन नगर्ने, यस्तो समस्या देखिएको छ ठाउँ ठाउँमा। तर, त्यो हैन संक्रमितलाई माया दिनुपर्छ, ममता बढाउनुप¥र्यो, उसको आत्मबल गिराईदिनु भएन, सामाजिक दुरी कायम गरेर राख्नुहोस भन्ने हो। अध्यक्ष राईले भने “बिरामीलाई घृणाको दृष्टिकोणले हेर्ने, पर–पर राख्ने गर्दाखेरी संक्रमितको मनोबल गिर्ने संम्भावना बढेर गएको देखिन्छ। त्यसलाई तोड्न हाम्रो गाउँपालिकाका जनप्रतिनिधिहरु अग्र मोर्चामा लागेका छौ।”

    संक्रमितको उद्धार गर्दा नियमित रुपमा स्वास्थ्यमा ध्यान दिए पनि आफू परिवारभन्दा छुट्टै बसेर उद्धार र उपचारमा लागिरहेको उनले बताए । यो बेला को आतिएको छैन, को डराएको छैन तथापि पनि हामी आतिनु हुदैन भन्ने कुरा हो। उनी थप्छन्, हामी नै आतिएपछि त सबै मान्छे आतिन्छ । जुनसकै लडाईमा कमाण्डरले कमाण्ड सम्हालेन भने के अर्थ छ र?

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology