• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस जिल्ला अधिवेशन : दिक्तेल भित्रन थाले प्रतिनिधि [फोटो]

कांग्रेस जिल्ला अधिवेशन : दिक्तेल भित्रन थाले प्रतिनिधि [फोटो]


समायोजन खबर
  • शनिबार, मंसिर ४ २०७८

  • अधिवेशनका लागि दिक्तेल आईपुगेका प्रदेश क्षेत्र ‘ख’ का क्षेत्रिय प्रतिनिधिहरु।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशनका लागि क्षेत्रिय प्रतिनिधिहरु सदरमुकाम दिक्तेलबजार भित्रन थालेको छ। आउँदो ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि प्रदेश क्षेत्र ‘क’ र ‘ख’ का प्रतिनिधिहरु मोटरसाईकल, जीप, कार तथा वसबाट दिक्तेल भित्रिन थालेका छन्।
    शनिवार साँझ ३ वटा वसमा प्रदेश क्षेत्र ‘ख’ का क्षेत्रिय प्रतिनिधिहरु दिक्तेल भित्रिएको कांग्रेसका युवा नेता तथा वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए।जिल्ला सभापतिका लागि पूर्व पार्टी सभापति विष्णुकुमार राई, पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकास राई र महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको प्रतिस्पर्धा हुनेछ।
    होटल भरिभराउ
    अधिवेशनका लागि सयौंका संख्यामा मानिसहरु दिक्तेल भित्रिएपछि राम्रा खालका प्रायः होटलहरु भरिभराउ भईसकेको र सामान्य स्तरका होटलहरु पनि भोलि वेलुकासम्म भरिभराउ हुने होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष जेपी राईले बताए।

    अधिवेशनवाट क्षमता अनुसार होटलहरुले राम्रै आयआर्जन गर्ने राईको भनाई छ। ३ दिनसम्म होटल खाली नहुने उनी बताउँछन्।
    यो पनि पढ्नुहोस:खोटाङ कांग्रेस प्रदेश क्षेत्र ‘क’ सभापतिमा राईको प्यानल विजयी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology