समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको प्रदेश क्षेत्र ‘क’ सभापतिमा राजेन्द्र राईको प्यानल विजयी भएको छ। शुक्रबार महेन्द्रोदय मावि हलेसीमा सम्पन्न अधिवेशनवाट राई सिंगो प्यानलनै विजयी भएका हुन्।
निकटतम प्रतिद्धन्दी भक्तजंग राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रिय सभापति बनेका हुन्। राजेन्द्रले ३७२ मत ल्याउँदा भक्तजंगले २८० मत ल्याएका थिए।
राईको प्यानलवाट उपसभापतिमा बालकुमार राई, मित्रलाल पुरी सचिवमा राजन भट्टराई, ज्ञानेन्द्र राई र सह–सचिवमा पृथ्वी नारायण आचार्य र भूपेन्द्र खनाल विजयी भएका हुन्।
राजेन्द्रलाई पूर्व पार्टी सभापति विष्णुकुमार राई, पूर्व महासमिति सदस्य तथा पूर्व पार्टी सभापति सुवासकुमार पोखरेल र महासमिति सदस्य रविप्रकाश राई, क्षेत्रिय सभापति तथा हालको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको समर्थन थियो। भक्तजंगलाई पूर्व राज्यमन्त्री सर्वधन राईले सघाएका थिए।
दुवै क्षेत्रको अधिवेशन सकिएसँगै सातौ जिल्ला अधिवेशनका लागि नेताहरु लागि परेका छन्।
यो पनि पढ्नुहोस,खोटाङ कांग्रेस प्रदेश क्षेत्र ‘ख’ सभापतिमा घिमिरे विजयी
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology