• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३३ किलो सुन काण्ड: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन काण्ड: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला


समायोजन खबर
  • मंगलबार, असोज १९ २०७८

  • समायोजन खबर, ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उर्लाबारी मोरङका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।

    जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै राजन कुमार र मदनप्रसाद घिमिरेलाई क्रमशः ३ बर्ष र ६ महिना कैद तोकिएको छ।

    जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिनुभयो। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उहाँले जानकारी दिनु भयो।

    गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो। मुद्दाको मुख्य प्रतिवादी गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए। उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको थियो। तस्करीको सुन भने अझै फेला परेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology