• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार महिनापछि खुल्यो हलेसी मन्दिर

चार महिनापछि खुल्यो हलेसी मन्दिर


समायोजन खबर
  • सोमबार, भाद्र २८ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी महादेव मन्दिर खुल्ला गरिएको छ। कोरोना भाईरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिर सोमबारबाट खुल्ला गरिएको हो।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)को आईतबार बसेको वैठकले जिल्लामा कोरोना भाईरसको संक्रमण घट्दै गईरहेको र संक्रमणको दर न्यून रहेको भन्दै हलेसी महादेव मन्दिर लगायत जिल्लाभित्रका अन्य धार्मिक स्थलहरु कोभिडसँग सम्बन्धित स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नेगरी खुल्ला गरिएको जनाएको छ।

    हलेसी मन्दिरमा भीडभाड हुन नदिई दर्शनार्थीलाई दर्शन गर्न उपयुक्त व्यवस्था गर्नका लागि हलेसी मन्दिर व्यवस्थापन समिति र हलेसी महादेव विकास समितिसँग समन्वय गरी व्यवस्था मिलाउन हलेसी तुवाचुङ नगरपालिकालाई डिसीसीएमसीको वैठकले आग्रह गरेको छ।

    हलेसी मन्दिर १६ बैशाखबाट बन्द गरिएको थियो। बन्दको समयमा नित्य नैनित्य पूजा मात्रै हुंदै आएको थियो। चार महिना मन्दिर बन्द हुंदा व्यवसाय चलाउने कि नचलाउने भन्ने तनाव भएको हलेसीका होटल व्यवसायीहरु बताउँछन। मन्दिर खुलेपछि चरम रुपमा रहेको आर्थिक मन्दी केही रुपमा कम हुंदै जानेमा उनीहरु विस्वस्त छन्। हलेसी मन्दिर बन्द हुंदा सयौंको रोजगारी टुट्ने गरेको छ।
    यो पनि पढ्नुहोस,हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापनाका लागि शिलान्यास 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology