• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापनाका लागि शिलान्यास

हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापनाका लागि शिलान्यास


समायोजन खबर
  • शुक्रबार, भाद्र २५ २०७८

  • समायोजन खबर खोटाङ,खोटाङको हलेसीमा बौद्ध धर्मावलम्बीहरुको आचार्य गुरु पद्मसम्भवको प्रतिमा स्थापनाका लागि शिलान्यास गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित मञ्जुश्री क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापनाका लागि शिलान्यास गरिएको हो।

    शुक्रबार श्रद्धेय लामा जोपा रिन्पोछेले  पूजा गरेर प्रतिमा स्थापनाका लागि शिलान्यस गर्नुभएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिनुभयो। हलेसी बृहत्तर गुरु योजना अन्तर्गत पद्मसम्भवको प्रतिमा स्थापना गर्न लागिएको हो।

    पद्मसम्भवको प्रतिमा स्थापनाका लागि हलेसी तुवाचुङ नगरपालिकाको तर्फवाट नगरप्रमुख राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले २१ माघमा १९ बुंदे सम्झौता गरेको थियो।
    ६० फिट अग्लो प्रतिमा स्थापनाका लागि मञ्जुश्री क्षेत्रमा ३ रोपनी ७ आना १ पैसा जग्गाको व्यवस्था नगरपालिकाले गरेको छ। जग्गा बाहेकका निर्माण सम्बन्धी सम्पूर्ण खर्च महासंघले व्यहोर्ने छ। महासंघले पद्मसम्भवको प्रतिमा स्थापनाको काम ५ वर्षमा सम्पन्न गर्नुपर्नेछ।

    ५ करोडवढी लागतमा मञ्जुश्री क्षेत्रको डाँडामा प्रतिमासहित गुम्बा, पोखरी, पदमार्ग, शान्ति पूजा हल, चैत्य निर्माण, बौद्ध धर्म सङग्राहलय तथा पुस्तकालय, माने निर्माण, बौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, बगैचा, ढल पानी, बिजुली व्यवस्थापन, तारबार तथा वाल र अपाङगमैत्री शान्ति मार्ग निर्माण हुनेछ। पद्मसम्भवको प्रतिमा स्थापनाको काम सकेपछि सो स्थानलाई ‘पद्मसम्भव पार्क’ नामाकरण गरिनेछ।

    हलेसी बृहत्तर गुरु योजनाको अवधारणा अन्तर्गत मञ्जुश्री क्षेत्रको डाँडामा प्रतिमा स्थापना भएपछि हलेसीको पर्यटन क्षेत्रमा अर्को महत्वपूर्ण इटा थपिने नगरप्रमुख राईले बताउनुभयो। बौद्ध, किराँत र हिन्दु धर्मको त्रि–धार्मिक स्थल हलेसीमा पद्मसम्भवको प्रतिमा राखेपछि पर्यटकको संख्या बढ्नेछ । नगरप्रमुख राईले भन्नुभयो, यो हाम्रो लागि ठूलो उपलब्धि हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology