समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ। ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारलाई भत्ता दिने नीति तथा कार्यक्रम अन्तर्गत वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रोत्साहन दिन सुरु गरेको हो।
आईतबार गाउँपालिकाको सभाहलमा ‘ज्येष्ठ पत्रकार तथा प्रोत्साहन भत्ता’ वितरण कार्यक्रम राखेर आर्थिक वर्ष २०७७/०७८ मा ल्याईएको नीति तथा कार्यक्रम अन्तर्गत पत्रकार आचार्यलाई एक वर्षको एकमुष्ट २४ हजार रकमको चेक र सम्मान पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानीको सम्मान पाईसकेका आचार्यलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राईले दोसल्ला ओढाई, सम्मान पत्र र चेक हस्तान्तरण गरेका थिए।
पत्रकारलाई राष्ट्रको चौथो अंग भनेर सरकारले विभाजन गरेको छ । तर पत्रकार र उनीहरु आबद्ध सञ्चारमाध्यमलाई भनेजस्तो सेवा सुविधा छैन । गाउँपालिका अध्यक्ष राईले भने, “समाज परिवर्तन र विकासका निम्ति बिना पारिश्रमिक, बिना तलब अहोरात्र खट्ने पत्रकार र मिडियामैत्री कार्यक्रम ल्याएका हौ । अन्य स्थानीय तह, प्रदेश र संघिय सरकारले पनि यसको सिको गर्न आवश्यक छ।”
उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारहरुका लागि मासिक रुपमा दुई हजार प्रोत्साहन भत्ता दिने, जिल्लामा संचालनमा रहेका संचार माध्यमहरुको बृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पूरा गर्ने संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराईने नीति तथा कार्यक्रम ल्याएको थियो।
यस्तै, जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गम्भीर प्रकृतिका रोग (मुटु रोग, क्यान्सर, मष्तिष्क घात)लागेमा त्यस्ता पत्रकारहरुका लागि गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्ने कार्यक्रम पनि ल्याएको थियो।
तर, जिल्लामा संचालनमा संचार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलव्ध गराईने कार्यक्रम भने यो वर्ष कार्यान्यवनमा नआएको गाउँपालिका अध्यक्ष राईले बताए।
सरकारले पत्रकार र सञ्चारमाध्यमका लागि उचित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा यस गाउँपालिकाले पत्रकार र मिडियाका लागि नयाँ तथा प्रभावकारी कार्यक्रम ल्याएका हुन्। ७५३ स्थानीय तहमध्ये यसप्रकारको कार्यक्रम ल्याउने यो गाउँपालिका संम्भवतः पहिलो गाउँपालिका हो।
यो पनि पढ्नुहोस,दिप्रुङको नीति तथा कार्यक्रम : पत्रकारलाई भत्ता र लोक कल्याणकारी विज्ञापन
सम्बन्धित समाचार,हलेसी र दिक्तेलले जिल्लाका सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology