चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पत्रकारलाई भत्ता र सञ्चार माध्यमलाई लोककल्याणकरी विज्ञापन उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबाट यो सुविधा उपलब्ध गराउने भएको हो ।
बुधबार गाउँपालिकाको सभाहलमा सातौं गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट पेश गर्दै गाउँपालिकालाई सूचना तथा संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य राखेर पत्रकारलाई भत्ता, सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनलगायत सूचना र सञ्चारका कार्यक्रमहरु नीति तथा कार्यक्रमबाट पास भएको गाउँपालिकाले जनाएको छ ।
नीति तथा कार्यक्रम अनुसार जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारहरुका लागि मासिक रुपमा दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराइने बताइएको छ । तर, महासंघको सदस्यता लिएर पत्रकारितासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारहरुका लागि यो व्यवस्था लागू नहुने नीति तथा कार्यक्रममा उल्लेख छ । जिल्लामा संचालनमा रहेका संचार माध्यमहरुको बृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पूरा गर्ने संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराइने पनि उल्लेख छ ।
यस्तै, जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गम्भीर प्रकृतिका रोग (मुटु रोग, क्यान्सर, मष्तिष्क घात)लागेमा त्यस्ता पत्रकारहरुका लागि गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्ने, सामुदायिक संवाददाता(स्थानीय)हरु उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गरीने, एफएम रेडियो संञ्चालनका लागि अनुमति दिइने दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । अध्यक्ष राईका अनुसार गाउँपालिकाको सुशासन अभिबृद्धिका लागि सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनमा जोड दिने र गाउँपालिकाका हरेक सूचना जनताका घर–घरमा पु¥याउने लक्ष्य राखिएको छ ।
पत्रकारलाई राष्ट्रको चौथो अंग भनेर सरकारले विभाजन गरेको छ । तर पत्रकार र उनीहरु आबद्ध सञ्चारमाध्यमलाई भनेजस्तो सेवा सुविधा छैन । अध्यक्ष राईले भने, “समाज परिवर्तन र विकासका निम्ति बिना पारिश्रमिक, बिना तलब अहोरात्र खट्ने पत्रकार र मिडियामैत्री कार्यक्रम ल्याएका हौ । अन्य स्थानीय तह, प्रदेश र संघिय सरकारले पनि यसको सिको गर्न आवश्यक छ ।”
सरकारले पत्रकार र सञ्चारमाध्यमका लागि उचित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा यस गाउँपालिकाले पत्रकार र मिडियाका लागि नयाँ तथा प्रभावकारी कार्यक्रम ल्याएका हुन् । ७ सय ५३ स्थानीय तहमध्ये यसप्रकारको कार्यक्रम ल्याउने यो गाउँपालिका संम्भवतः पहिलो गाउँपालिका हो । यसैविच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
यो पनि,दिप्रुङको बजेट ५१ करोड बढी (बजेट वक्तब्यसहित)
२०७७ असार १० गते साँझ ६ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology