• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आदेश दिएर मात्रै संक्रमण नियन्त्रण हुदैन,आफै खट्नुपर्छ : अध्यक्ष राई

आदेश दिएर मात्रै संक्रमण नियन्त्रण हुदैन,आफै खट्नुपर्छ : अध्यक्ष राई


समायोजन खबर
  • सोमबार, जेष्ठ २४ २०७८

  • कोरोना संक्रमितलाई बोकेर अस्पतालतर्फ लैजादै तत्कालिन दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई यतिबेला चर्चामा छन्। कोरोना संक्रमितलाई पिठ्युँमा बोकेरै अस्पताल लैजाने त, आफूले प्रयोग गर्दै आएको गाडीमा आफै चालक बनेर संक्रमितलाई अस्पताल ओसार्ने र स्वाव संकलन तथा एन्टीजेन परीक्षणमा आफै खटेपछि राई चर्चामा छन्।

    कोरोना रोकथाम तथा नियन्त्रणमा अन्य स्थानीय तहका प्रमुखहरु भन्दा अलग र स्वास्थ्यकर्मी जसरी पिपिई सेट पहिरिएर गाउँपालिकाबासीको लागि खटिरहेका तिनै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईसँग समायोजन खबर डटकमले समसामयिक विषयमा कुराकानी गरेको छ।
    कोरोना परीक्षण, संक्रमितको उपचार तथा उद्धारमा आफै खट्नु भएको छ । कोरोना भाईरसको स्थिति के छ गाउँपालिकामा ?
    कोभिड १९ लाई नियन्त्रण गर्नका लागि म, आफै खटिरहेको छैन हामी खटिरहेका छौ। गाउँपालिकाको नेतृत्व मैले गरिरहेको छु। अध्यक्षको नाताले नेतृत्व मैले गर्न स्वभाविक छ। त्यस कारण कोभिड नियन्त्रणका लागि हामी आफै अगाडी नबढीकन हुदैन। यतिबेला आदेश दिएर, आदेश पालना गराएर मात्रै संक्रमण नियन्त्रण हुदैन। आदेश आफूलाई पनि लागू हुन्छ, नियम आफूलाई पनि लागू हुन्छ। त्यसकारणले म, आफै स्वभाविक रुपमा कमाण्डरको रुपमा देखापर्नु गाउँपालिका अध्यक्षको नाताले स्वभाविक हो।

    अर्कोतिर कोरोनाको संक्रमण दर बढ्दो छ। हामीले एन्टीजेन परीक्षण गर्दैगर्दा धेरै संक्रमितहरु भेटिरहेका छौ। तर, स्वभाविक रुपमा नागरिकहरुले छर, छिमेकीहरुलाई बुझाउँन नसक्दा जानकारी पाउन नसक्दा अलिकति समस्या भईरहेको छ हामीलाई। छिमेकमा बिरामी हुन्छ तर छिमेकीहरु छिमेकीको घरमा नगईदिंदा त्यहाँ अत्यन्तै सिकिस्त बिरामी छ भन्ने सूचना प्रवाह नहुंदाखेरी समस्या भएको हो।त्यसैले हामीले त्यसलाई बुझेका छौ। र, सूचनाहरु नै त्यसरी सम्प्रेषित भईरहेको छ। सामाजिक दुरी कायम गर्नु, वरपर नहिड्नुस भन्ने कारणले पनि हुनसक्छ छिमेकीहरु आफ्नो छिमेकी बिरामी भईरहेको बेला हेर्न गईरहेका छैनन् र त्यो सूचना लिक नहुंदाखेरी संक्रमण दर बढ्दो छ। संक्रमितलाई घृणाको दृष्टिकोणले हेर्नाले पनि मानिसहरु परीक्षण गराउन डराईरहेको परिस्थिति पनि छ। त्यसलाई अब भने हामीले पूर्णरुपमा चिरीसकेका छौ। वडा–वडामा एन्टीजेन परीक्षण गरायौ। सबै वडामा एन्टीजेन परीक्षण गराए मात्रै भएन हामी टोल–टोलमा, घर–घरमा पुगेका थियौ। त्यसकारणले हामी संक्रमणलाई अब चाँडै नियन्त्रण गर्छौ भन्ने लाग्छ।
    संक्रमितलाई पिठ्युमा बोक्ने, आफूले प्रयोग गर्दै आएको गाडीमा राखेर आफै गाडी हाँकेर अस्पताल लाने गर्नुहुन्छ ? भाईरल हुन यसो गर्नुभएको हो ?
    भाईरल हुन मन छ भने कसैले आएर हाम्रो बिरामीहरु बोकिदिए हुने थियो भन्ने हामीलाई पनि लागिरहेको छ। यतिबेला संक्रमणको दर सबैले हेरीरहेका छौ। सूचना तथा सञ्चारको पहुंचबाट कोही पनि टाढा छैनौ। अनलाईन, पत्रपत्रिका, टेलिभिजन, रेडियो बारम्बार सुनिरहेका छौ, हेरीरहेका छौ। छोराले बुबाको किरिया गर्न डराईरहेको अवस्था छ, छोरीले आमाको लाश बोक्न डराईरहेको परिस्थितिमा भाईरल हुने नाममा यो काम कसैले गर्दैन। तथापी, हाम्रो चाँहि कर्तव्य हो। हाम्रो कर्तव्य निर्वाह गरिरहेका छौ।

    हामीलाई तिनै नागरिकले मतदान गराएर यो ठाउँमा पु¥र्याउनु भयो र, तिनै नागरिकको सेवा गर्न अपरीहार्य छ हामीले। परेको बेलामा दुःखको बेलामा हामीले अग्रसरता लिएका हौ। स्वभाविक रुपमा म, आफै पनि ड्राईभर हो। मसँग नागरिक र गाउँपालिकाले दिएको सरकारी गाडी छ। त्यो सेवा सुविधा प्रयोग गरिरहेका छौ। त्यो गाडी नागरिकको हो, हाम्रो हैन। गाउँपालिकाको गाडी मात्रै हैन नागरिकको गाडी हो। त्यसकारण स्वभाविक रुपमा मैले नौलो कुरा गरेजस्तो लाग्दैन।

    आफूले प्रयोग गर्दैै गरेको गाडीमा म आफै ड्राईभर भएर गाडी चलाउछु, आफूले गाडी चलाएपछि ति बिरामीलाई मैले पिपिई सेट लगाएर ल्याउन कुनै ठूलो काम गरेजस्तो लाग्दैन। तथापी सामाजिक सञ्जालहरुमा त्यो छरिएको छ। त्यसलाई म अस्वभाविक ठान्दिन तथापी म आफू ड्राईभर भएको कारण ड्राईभरले गाडी हाँक्न अस्वभाविक हैन। र, गाउँपालिका अध्यक्षले आफ्नो नागरिकको उद्धार गर्नु त्यो पनि अस्वभाविक हैन। त्यसकारणले भाईरल हुने काममा लागि रहेका छैनौ, हामी उद्धार गर्ने काममा लागि रहेका छौ।

    जो बिरामी पर्नुभएको छ, थल्लिनु भएको छ। हिड्न सक्नु भएको छैन, सूचना लिक नभएर कोही सिकिस्त हुनुहुन्छ। त्यसकारण उहाँहरु बोक्ने त हाम्रो कर्तव्य हो नि। सेनाले पिपिई सेट लगाएर दाहसंस्कार गरिरहेको छ उहाँहरुलाई चाँहि कोभिड नसर्ने, डाक्टर, नर्स स्वास्थ्यकर्मी पिपिई सेट लगाएर संक्रमितहरुको उपचार गरिरहनुभएको छ उहाँहरुलाई पनि कोरोना नलाग्ने अनि हामी राजनीतिकर्मी अथवा जनप्रतिनिधिले चाँहि पिपिई सेट लगाएर बोक्दा के हुन्छ ? त्यसकारण हामीले बोकेका हौ, हामीसँग कन्फीडेन्स छ।
    त्यसो भए गाउँपालिकाको गाडी चलाउने चालक त होला ? उनीहरु चाँहि कहाँ छन् नि ?
    गाडी चालक छैन भन्ने हैन। हामीसँग गाडी चालक छ। एक जना एम्बुलेन्स चालक हुनुहुन्छ, उहाँ आफै संक्रमित भएर अहिले संक्रमणमुक्त भएर आराम गरेर बसिरहनु भएको परिस्थिती छ।
    र अर्को जो चाँहि मैले प्रयोग गर्दै गरेको गाडी चलाईरहनु भएको थियो उहाँलाई हामीले एम्बुलेन्समा ट्रान्सफर गरेका छौ। एम्बुलेन्स चाँहि एन्टीजेन परीक्षण गर्ने सिलसिलामा टेम्मा जाने क्रममा साईलेन्सर बिग्रिए पश्चात त्यो बनाउन उहाँलाई पठाएका छौ। त्यतिबेला नै गम्भीर प्रकृतिका बिरामीहरु फेला पर्नुभयो उहाँहरुबाट सूचना आयो त्यसकारण म अर्को ड्राईभर हो, हामी तीन जना ड्राईभर गाउँपालिकामा, तीन जना ड्राईभर हुदै गर्दा म तेश्रो ड्राईभरले रिसिभ गरेको हो। अरु कुरा केही पनि हैन । ड्राईभर राखेर गाउँपालिका अध्यक्षले भाईरल हुनका लागि यसो ग¥र्यो भन्ने कुरा हो भने अरुले पनि गर्दा हुन्छ।
    होम आईसोलेसन र संस्थागत आइसोलेसनमा बसेका संक्रमितहरुलाई केके गर्नुभयो ? राहत दिनुपर्ने अवस्था छ कि छैन ?
    अहिले राहत दिनुपर्ने अवस्था छैन तर, उहाँहरुलाई स्वास्थ्य संस्थामार्फत औषधी उपलब्ध गराईरहेका छौ। हामीले सामान्य संक्रमण देखिएका नागरिकहरुलाई होम आईसोलेसनमा छोडेका छौ। जसलाई स्वासप्रस्वासमा समस्या छ। हामीलाई खबर गर्नुहोस हामी त्यही लिन आउँछौ, जतिबेला पनि जानकारी दिनुहोस हामी तपाईको घरमा सेवासुविधा दिन्छौ भनेर भनिरहेका छौ। संक्रमित सबैसँग हाम्रो सम्पर्क छ। जति पनि हाम्रा नागरिकहरु संक्रमित हुनुभएको छ उहाँहरुसँग दिनहुं सम्पर्क छ। उहाँहरुलाई कुनै समस्या भयो भने हामी कुनै पनि कसर बाँकी राख्दैनौ उहाँहरुको हामी तत्काल उद्धार गर्छौ।
    जनप्रतिनिधि, उनका घर परिवारका मान्छे र आफ्ना पार्टीका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गरियो भन्ने आरोप छ नि ?
    यो चाँहि आफ्नै आँखाले देखेको र कानले सुनेको कुरालाई सत्य नमानि गरिएको विभेदपूर्ण टिप्पणी हो। किन भने हामीले टोल–टोलमा पुगेर सम्बन्धित वडालाई नै सम्बन्धित मान्छेलाई खबर गर्नुहोस, स्वास्थ्य चौकीमा गएर खबर गर्नुहोस भनेर हामी आफ्नो टोली लिएर पुगेका छौ। त्यतिबेला परीक्षण गराउन आउनुभयो, भएन त्यो उहाँहरुमा भर पर्ने कुरा हो।
    तपाईको कामको चौतर्फी प्रशंसा छ। कस्तो महशुष गर्नुभएको छ।
    मैले कुनै त्यस्तो नौलो काम गरेर प्रशंसा पाईरहनु पर्ने काम गरेजस्तो लाग्दैन। यो हाम्रो दायित्य र कर्तव्य हो। स्थानीय निर्वाचनमा हामीलाई नागरिकहरुले निर्वाचित गराउनुभयो त्यतिबेला देखि हामीले नागरिकको सेवा गर्नुपर्छ भनेर सफथ लिएका छौ।

    त्यस कारणले यो भाईरल हुनुपर्ने, प्रचार हुनुपर्ने, प्रशंसा गर्नुपर्ने कुनै नौलो काम गरेजस्तो लाग्दैन। हाम्रो नागरिकलाई समस्या प¥र्यो, हामीले उद्धार गरेर उहाँहरुलाई उपचार गर्न कोभिड अस्पतालसम्म मात्रै पु¥र्याएका हौ।
    यहि रफ्तारमा संघर्ष गर्दा कहिलेसम्म कोरोनामुक्त गाउँपालिका बन्ला ?
    कोरोनामुक्त गाउँपालिका निर्माण गर्नका लागि केही समय त अवश्य लाग्छ। तर, अब १०/१५ दिनभित्रमा यसको सम्पूर्ण खाका चाँहि आउँछ भन्ने हामीलाई लाग्छ। तथापी तपाईले जतिबेला सोधिरहनु भएको छ हामी सप्तेश्वर छितापोखरी स्वास्थ्य चौकी र अस्थाई कोभिड अस्पताल याम्खामा पिसिआर परीक्षण लागि स्वाव संकलन गरिरहेका छौ।

    जहाँ सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण कर्मचारी, सम्पूर्ण संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङमा परेका नागरिकहरुलाई हामीले आव्हान गरेका छौ। अन्य कसैलाई पनि शंका छ भने आउनुहोस स्वाव संकलन गर्छौ भनेका छौ। आजको स्वावको रिपोर्ट आईसके पश्चात यसको सम्पूर्ण डाटा बताउन सकिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology