समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा हिराकुमार राई दोहोरिएका छन् । गत चैत मसान्तमा चार वर्षे पदावधि पुरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुःन दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको छ।
दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त भएका राईले बैसाख २ गते कार्यभार सम्हालेका छन् । पदभार ग्रहणका क्रममा क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यपक लगायतले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।
२०७४ साल बैसाख १ गते क्याम्पस प्रमुखमा नियुक्त राईलाई क्याम्पस सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले पुःन क्याम्पस प्रमुखमा दोहो¥याउने निर्णय गरेको थियो ।
२०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology