समायोजन खबर खोटाङ, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोज कुमार बजिमय चयन भएका छन् । बिहीबार बिहान दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशनबाट बजिमय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अधिबेशनले बजिमयको अध्यक्षतामा सात सदस्यीय समिति बनाएको छ । उपाध्यक्षमा कुमार बजिमय, सचिवमा अजय बस्नेत, सह–सचिवमा गोपाल आचार्य र कोषाध्यक्षमा बिमला राई छन् । यस्तै सदस्यहरुमा उषा बस्नेत र विनोद बस्नेत चयन भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङका सचिव अजय बस्नेतले जानकारी दिए ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिना र क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठको उपस्थितीमा भएको साधारण सभा तथा अधिबेशनले केही समय अघि बजिमयको संयोजकत्वमा बनेको ५ सदस्यीय तदर्थ समितिलाई विघटन गरेर नयाँ कार्य समिति निर्माण गरेको हो ।
प्रविधि शिक्षालाई जिल्लामा अझ फराकिलो पर्नलाई नयाँ समितिले दुई वर्षे कार्यकाल पाएका छन् । क्यानको सातै प्रदेशमा शाखा तथा ५८ जिल्लामा जिल्ला शाखा विस्तार भइसकेको छ । क्यानको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology