समायोजन खबर खोटाङ, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन सुरु भएको छ । बिहीबार बिहान दिक्तेलस्थित श्रेष्ठ होटलमा साधारण सभा तथा जिल्ला अधिबेशन सुरु भएको हो ।
साधारण सभा तथा जिल्ला अधिबेशनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।
क्यानका तदर्थ जिल्ला शाखा संयोजक मनोज कुमार बजिमयको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा उधोग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राई, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिना, क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठ र नगरप्रमुख रिजालले शुभकामना मन्तब्य राखेका थिए ।
अधिबेशनले तदर्थ समितिलाई विघटन गरेर नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ । प्रविधि शिक्षालाई जिल्लामा अझ फराकिलो पर्नका लागि बजिमयको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।
क्यानको सातै प्रदेशमा शाखा तथा ५८ जिल्लामा जिल्ला शाखा विस्तार भइसकेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिनाले जानकारी दिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology