• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भागरथी हत्याका आरोपी किशोर सार्वजनिक

भागरथी हत्याका आरोपी किशोर सार्वजनिक


समायोजन खबर
  • बुधबार, फाल्गुन ५ २०७७

  • समायोजन खबर खोटाङ, प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।

    सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटाएको जानकारी दिए । प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भट्टले हत्या गरेको स्वीकार गरिसकेको समेत डीआइजी सुवेदीले बताए ।

    प्रहरीलाई दिनेशले १ बजेर ४५ मिनेटमा कक्षाबाट निस्किएर भागरथीलाई हत्या गर्ने योजना अनुसार घटनास्थलतर्फ गएको बताएका छन् । उनी विद्यालयबाट बजारसम्म अन्य साथीहरुसँग गए पनि नजिकै रहेको बजारबाट भने एक्लै निस्किएको देखिएको छ । त्यसपछि भट्टले भागरथी आएपछि सडकबाट धकेल्दिएर दुई हातले घाटी घिचेर हत्या गरेको पत्रकार सम्मेलनमा डीआइजी सुवेदीले जानकारी दिए । पत्रकार सम्मेलनमा डीआइजी सुवेदी भट्टलाई अभियुक्त दाबी गर्नुका केही कारण समेत प्रस्तुत गरेका थिए ।

    घटना भएको सम्बन्धमा अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, टेक्निकल पक्ष, अभियुक्तको साविती बयानलाई पक्राउको आधार बनाइएको छ ।

    ‘आइ विटनेसले पनि त्यही एरियामा देखिनु, निजले पनि स्वीकार गर्नु, त्यहाँ भन्दा के आधार चाहिन्छ रु दोषी कुनै पनि हालतमा उम्कन नपाउने गरी प्रमाणहरु प्रस्तुत गरेका छौं । केही कारणहरु खोज्दै छौं ।’ डीआइजी सुवेदीले भने । अभियुक्तको शरीरमा केही सामान्य चोटपटक समेत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology