चिसाङ शेर्पा खोटाङ, नेपाल राष्ट्रिय व्यवसायी महासंघले न्युनतम सुरक्षा मापदण्ड अपनाएर व्यापार/व्यवसाय गर्न अपिल गरेको छ । कोरोना भाइरसबाट आफू पनि जोगिऔं र अरुलाई पनि जोगाऔं भन्ने मूल मन्त्र ख्याल गर्दै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको न्युनतम सुरक्षा मापदण्ड अपनाएर व्यापार गर्न अपिल गरेको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले अपिल जारी गर्दै कोरोना भाइरसको जोखिम फैलिन नदिन गरिएको लकडाउनको प्रत्यक्ष असर उधोग व्यवसायमा परेको, संक्रमण नरोकिए पनि मुलुकको अर्थतन्त्रलाई जोगाउनै मात्र सरकारले उधोग, व्यापार, व्यवसाय खुला गरेको र विषम परिस्थितीमा पनि आम उधोगी व्यवसायीहरु आफ्नो पेशामा फर्किसकेकाले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको न्युनतम सुरक्षा मापदण्ड अपनाउन अपिल गरेका छन् ।
यस्तै, न्यनतम सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य प्रयोग गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, छुईहाले स्यानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउन उधोगी, व्यवसायी तथा ग्राहक वर्गहरुमा अपिल गरेको छ ।
छुटाउनु भयो कि, लफ्याङदेखी नेपाल राष्ट्रिय व्यवसायी महासंघसम्म
२०७७ असार ५ गते अपरान्ह ३ : १६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology