• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लफ्याङदेखी नेपाल राष्ट्रिय व्यवसायी महासंघसम्म

लफ्याङदेखी नेपाल राष्ट्रिय व्यवसायी महासंघसम्म


समायोजन खबर
  • आइतबार, जेष्ठ २५ २०७७

  • नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङ् काफ्लेगाउँमा २०२८ फागुन ११ गते जन्मिनु भएका नरेश कटुवाल ‘नेपाल राष्ट्रिय व्यवसायी महासंघ’का अध्यक्ष हुन् । काफ्लेगाउँमा रहेको सरस्वती प्राथमिक विद्धालयबाट प्रारम्भिक शिक्षा र श्रीमावि बाँस्बोटेबाट एसएलसी उतीर्ण गरी केही समय दिक्तेलमा समेत उच्च शिक्षा अध्ययन गरेका कटुवाल अथक मेहेनत गरेकै कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बनेका हुन् ।
    पहाडी र बिकट जिल्लामा जन्मेर उच्च शिक्षा हाँसिल गर्नलाई बाहिर जानुपर्ने बाध्यताले उनलाई पनि छोयो । २०४७ सालदेखी उच्च शिक्षा हाँसिल गर्न काठमाण्डौ भाँसिएका उनले पढ्दै जीवनको सुनौला दिन ल्याउनलाई रातदिन संघर्ष गर्न थाले । “रोजगारी र शिक्षाका लागि संघर्षका दौरानमा कति दिन भोकै हिडेका र बिताएका रातहरु आज पनि आँखैमा छ ।”लामो स्वास लिदैं बिगतमा फर्के उनी ।
    पढाइ र रोजगारीका लागि अथाह संघर्ष गर्दै २०५४ सालदेखी उनले व्यवसायिक क्षेत्रमा हात हाले । आफ्नै लगानीमा जुत्ता–चप्पलको उधोग खोलेर व्यवसायिक क्षेत्रको स्वाद चाख्न उनी कम्मर कसेर लागे । पहिलादेखी नै उधोग सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राखेका उनले ‘जागिर, नोकरी लगायत अन्य क्षेत्र जानुभन्दा पनि व्यापार, व्यवसाय र उधोग सञ्चालन गर्नुपर्छ’ भन्ने मान्यता राख्दथे । उनी थप्छन् “सुरुदेखी नै अन्य क्षेत्र भन्ने कुरा दिमागमा आउदैन थियो । यसरी नै औधोगिक र व्यवसायिक क्षेत्रमा प्रवेश गरे ।”
    औधोगिक र व्यवसायिक क्षेत्रमा प्रवेशपछि विभिन्न व्यवसायिक संघसंगठनमा उनले पाइला अघि सारे । औधोगिक क्षेत्रलाई विस्तार गर्दै आफू पनि बाँच्दै अरुलाई पनि बाँच्नलाई रोजगारी दिंदै तीव्रस्तरमा काम गर्दै अगाडी बढेका कटुवाल नेपाल जुत्ता–चप्पल उधोग व्यवसायी संघका संस्थापक अध्यक्ष पनि बने । व्यापारी, व्यवसायी लगायत अन्य थुप्रै संघसंस्थामा लागेर काम गरेर लामो इतिहास बोकेका कटुवाल नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बनेका हुन् ।

    देशको अर्थतन्त्रलाई मजबुत बनाउनमा अध्यक्ष कटुवालले औधोगिक/व्यवसायीक क्षेत्रमा ठूलो योगदान गरेका छन् । सरकारसँग, नीजि क्षेत्रसँग समन्वय गर्ने, रोजगार सिर्जना गर्नुपर्छ भनेर दबाब दिने, ठाउँमा पुगेर महत्वपूर्ण निर्णय, वार्ता, पहल गरेर देशलाई ठूलो योगदान दिएको उनी सुनाउँछन् ।‘समग्र देशको युवा जनशक्तिहरु, जसले तालिम प्राप्त गर्नुपर्छ, सिप सिक्नुपर्छ, व्यवसायिक क्षेत्रमा देशमै रोजगार सिर्जना गर्नुपर्छ, हामी बेरोजगार भएर बिदेश जानु हुदैन ।’ भन्ने मूल नारा लिएर अगाडी बढीरहेका कट्वालले फलस्वरुप व्यवसायिक क्षेत्रमा यहि प्रकारको छुट्टै रुप ल्याइसकेका छन् । २०७१ सालबाट लगातार दुई कार्यकालसम्म नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बनेका कट्वालले धेरै युवाहरुलाई तालिमको व्यवस्था, रोजगारको सिर्जना र विभिन्न संघसंस्था, संगठनको माध्यमबाट सरकारलाई विभिन्न प्रकारका सल्लाह, सुझाव पु¥याउने काम गरिसकेका छन् ।

    औधोगिक/व्यवसायीक क्षेत्रको अलवा अब प्रत्येक घरमा कृषिको व्यवसायी उपज हुनुपर्छ । युवाहरु विदेशिनुभन्दा व्यवसायीक कसरी बन्ने ? सिप सिकेपछि मात्रै व्यवसायी, उधोगी, उद्यमी, बन्न सक्छ ? सिप नभएकै कारण आज युवाहरु विदेशिएका छन् । स्वदेशमा रोगजार छैन, यिनै कुराहरुलाई चिर्दै युवाहरुको जोशजाँगर स्वदेशमा लगाउनुपर्छ भन्ने नारा लिएर हिडेकै कारण त्यही किसिमको दर्जा पनि दिएको र काम पनि गरिरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले बताए ।२०७७ जेठ २५ गते अपरान्ह १ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology