चिसाङ शेर्पा खोटाङ,
बाक्लो हुस्सु लाग्दा होस अथवा मौसम खुल्दा हुर्लुङ, नुनथला, महुरे, बुईपाबाट पूर्वपट्टी फर्केर हेर्दा सुतिरहेको जस्तै देखिने पर्यटकीय स्थलको नाम हो मुढेडाँडा । लेकमा पर्ने यो मुढेडाँडामा रमाउनुको मजा नै बेग्लै छ । विहानीपख मुटु कमाउने चिसोमा सगरमाथा, महालङगुर हिमाल लगायत अन्य हिमाल प्रस्ट हेर्न, मध्यान्हमा चउरमा लडिबुडी गर्न, साँझमा सूर्यास्तसँगै आँखाले भ्याएसम्मका घरगाउँ अनि पहाड हेर्न ।
मध्यपहाडी लोकमार्ग सडक खण्डलाई काखमा राखेको मुढेडाँडा आन्तरिक पर्यटनका लागि गन्तव्यस्थल मात्रै हैन सवैभन्दा धेरै पिकनीक स्थल र सेल्फी खिच्ने हुंदै गएको छ । नीजि सवारी साधनमा यात्रा गर्नेहरु एकपटक फोटो र सेल्फी खिच्नलाई मुढेडाँडामै पुग्छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र बाम्राङमा पर्ने मुढेडाँडासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पु-र्याउन कुनै पनि सम्बन्धित निकायले प्रचारप्रसार नगरे पनि मुढेको पर्यटकीय भविष्य बनाउन त्यहाँको प्राकृतिक सौन्दर्य नै काफी छ । मुढे पुग्दा यहि आभाष हुन्छ ।

खोटाङको पर्यटकीयस्थल मुढेडाँडाबाट देखिएको सगरमाथा, महालङगुर हिमाल लगायत । तस्विर चिसाङ शेर्पा
शेर्पा, तामाङ, भुजेल, थापा जाजजाति रहेको मुढेडाँडामा घुम्न आउनेलाई सडक कालोपत्रे भएको छ । चिया नास्ताका लागि कुनै समस्या छैन । मुढेमा घुम्नेहरुलाई त्यहाँको मुख्य खाजा उसिनेको आलु अनि पिडालु हो । दिक्तेलबाट बसमा करीव आधा घण्टा र हलेसीबाट करीव दुई घण्टा दुरीमा रहेको मुढेडाँडामा माघ, फागुनमा मजाले हिउँ झर्छ । हिउँमा रमाउन हलेसी, नुनथला, बुईपा, दिक्तेलबजार, बुईपा लगायतका असक्त र बृद्धबृद्धा बाहेक सबै उर्लेर मुढेमा आईपुग्छन् ।
मुढेमा रहेका अधिकांश जमिनहरु व्यक्तिको भएकाले सडक आसपास व्यवस्थित र सुविधायुक्त होटल सञ्चालन गरेमा आन्तरिक तथा बाह्य पर्यटकले मात्रै होटल व्यवसाय राम्रो चल्ने जानकारहरु बताउँछन् । दिनानु दिन पर्यटक थपिदै गएको मुढेलाई सबैले प्रचारप्रसार गरेमा भेडेटार नबन्ला भन्न सकिन्न एक स्थानीयले भने, ‘यहाँ सवथोक छ, सडकको पहुंच छ, पर्यटकलाई आवतजावत गर्न कुनै समस्या छैन’।

पर्यटकीयस्थल मुढेडाँडाबाट हिउँ पर्दा देखिएको सगरमाथा, महालङगुर हिमाल लगायत । तस्विर चिसाङ शेर्पा
पहिल्यैबाट कुनै पनि रुख विरुवा नभई नाङगोडाँडा भएकाले यस ठाउँको नाम मुढे रहन गएको स्थानीय दाफुरी शेर्पाले बताए । अग्लोडाँडा भएकाले मुढेमा जिल्लाबाट सञ्चालित सामुदायिक रेडियो हलेसी एफएम र रुपाकोट रेडियोको मुख्य टावर, एनसेल र विभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनीले टावर राखेका छन् । यसले पनि मुढेमा सवैको ध्यान केन्द्रीत छ । मुढेबाट टोड्केडाँडा, रुपाकोट, तुवाचुङ जायजुम, ट्याम्के, उदयपुरको चित्रे, ओखलढुंगा, सोलुखुम्बु मजाले नियाल्न सकिन्छ ।
“नजिकको तिर्थ हेला” भने झै पर्यटकीय हिसाबले कम समयमा नै प्रतिफल पाईने मुढेडाँडालाई हालसम्म स्थानीय सरकार र अन्यले प्रचारप्रसार त के नामसम्म लिएको पाईन्न । ताकि यहि मुढेडाँडाको नागवेली सडक हुंदै स्थानीय सरकार प्रमुख तथा जिल्लास्तरका शिर्ष व्यक्तिहरु हुइकिन्छन् । खै त देखेको ? कि भेडेटार, कन्याम घुमेको फोटो हेरेरै चित्त बुझाउने ?
यो पनि पढ्नुहोस
जाने हैन सगरमाथा हेर्न टोड्केडाडाँ
२०७६ कार्तिक १६ गते दिउँसो ४ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology