• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐतिहासिक तथा पर्यटकीयस्थलमा अवैधरुपमा ढुंगा झिक्ने नियन्त्रणमा

ऐतिहासिक तथा पर्यटकीयस्थलमा अवैधरुपमा ढुंगा झिक्ने नियन्त्रणमा


समायोजन खबर
  • बिहिबार, असोज ९ २०७६

  • समायोजन खबर खोटाङ,
    जिल्लाको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडाबाट अवैधरुपमा ढुंगा निकाली रहेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने तुवाचुङ–जायाजुमडाँडाबाट अवैधरुपमा ढुंगा निकासीका लागि फोडिरहेको जानकारीका आधारमा  हलेसी तुवाचुङ नगरपालिका – ७ का धनबहादुर विक, चक्र विक र हिरे विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । ढुंगा उत्खननका विषयमा ककसको संलग्नता रहेको भन्ने वारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    अवैधरुपमा ढुंगा फोडिरहेको जानकारी आएपछि तीन कामदारलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको  हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । मध्यपहाडी लोकमार्गको भित्ता क्रमशः खस्दा किराती सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ जायाजुम पहिरोको जोखिममा पर्दै गएको छ ।
    यो पनि पढ्नुहोस

    आहा ! तुवाचुङ जयाजुङ

    २०७६ असोज ९ गते साँझ ७ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology