समायोजन खबर धनुषा,
धनुषामा मनि ट्रान्सफरबाट रकम चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनषा शहीदनगर नगरपालिका–३ गोठकुवा बस्ने १९ वर्षका गोविन्द यादव र २८ वर्षका रामु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गएको शुक्रबार राति १ बजेको समयमा प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरुले स्थानीय पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाएर रकम चोरी गरेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ । रकमसहित पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
२०७६ साउन १२ गते बिहान ८ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology