• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वर्ष दिनमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

वर्ष दिनमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ


समायोजन खबर
  • शनिबार, साउन ४ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर काठमाडौँ,
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

    आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् । एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । अख्तियारले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तह अन्तरगतका निकायमा हुने गरेको तथ्यांक पनि सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा २६ प्रतिशत भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय र स्थानीय तह अन्तरगतका निकायसँग केन्द्रीत रहेको अख्तियारले जनाएको छ ।

    २०७६ साउन ४ गते बिहान ७ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology