चिसाङ शेर्पा खोटाङ,
आठ बुंदे ‘दिक्तेल घोषणा पत्र २०७६’ जारी गर्दै किरात राई विधार्थी संघको नवौं राष्ट्रिय सम्मेलन विधिवत रुपमा समापन भएको छ । खोटाङको दिक्तेलमा बैशाख २६, २७, २८ गते सम्पन्न अधिवेशनले उक्त घोषणा पत्र जारी गरेको हो । नवौं राष्ट्रिय सम्मेलनवाट निवार्चित नयाँ पदाधिकारीहरुलाई बधाइ, शुभकामना तथा पत्रकार सम्मेलन कार्यक्रममा सार्वजनिक गरिएको घोषणा पत्रमा प्रदेश नं.१ लाई अविलम्व किरात प्रदेश घोषणा गर्न जोडदार माग गरेको छ । 
किरात राई विधार्थी संघका संस्थापक अध्यक्ष नविन राईको अवस्था तत्काल सार्वजनिक गर्न, किरात विश्वविधालयको स्थापना, त्रि–भाषिक शिक्षा नीति पुर्णरुपमा कार्यन्वयन गर्न, किरातकालिन ऐतिहासिक गढी, थुम र दरबारहरुको संरक्षण र संम्वद्र्धन गर्न, संयुक्त राष्ट्र संघ घोषणापत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर्न, किरातहरुको श्रजंग लिपी प्रयोग गराउन र मातृभाषाको शिक्षक कोटा निर्धारण गर्न राई विधार्थीहरुको नयाँ समितिले सरकारसँग जोडदार माग गरिएको किरात राई विधार्थी संघका कन्द्रीय अध्यक्ष जीतने राईले बताए ।

सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ समितिले घोषणा पत्र सार्वजनिकसँगै सम्मेलन सम्पन्न गराउनमा सहयोग पु-याउनेहरुलाई कदर पत्र तथा प्रशंसाा पत्र वितरण गरेको थियो । यसैविच, निर्वाचित नयाँ पदाधिकारीहरुलाई किरात राई यायोक्खा खोटाङले रत्नपार्कस्थित आफ्नो कार्यालयमा एक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएका थिए ।
यो पनि पढ्नुहोस
किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा जितेन
२०७६ बैशाख ३१ गते राती ९ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology