समायोजन खबर खोटाङ,
किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् । खोटाङको शुभम फाउण्डेसनको सभाहलमा आईतबार भएको नवौं सम्मेलनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । ३७ सदस्यी रहने संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुम्मिन राई, महासचिवमा रबिन राई, सचिवमा प्रबिणा राई र दिपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

संघको संगठन विभाग प्रमुखमा उदिम चाम्लिङ, प्रचारप्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक बिभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण बिभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति बिभागमा समिप साम्पाङ, अनुशासन बिभागमा डार्बिन राई, महिला बिभाग प्रमुखमा सुशिला राई चयन भएका छन् । यस्तै, स्वयंसेवक बिभाग प्रमुखमा सन्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सिताराम राई र बिदेश बिभाग प्रमुखमा सुमन राई चयन भएका छन् । 
सुदिप थुलुङ राई, तिलक राई, ममता राई, बिसा बिख्याति राई, इसाक राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नबिन राई, बशन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहितको सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले दिक्तेलको हेलीप्याडमा उद्घाटन गरेका थिए । 
२०७६ बैशाख २९ गते दिउँसो ४ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology