• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङले क्षति गर्दा फेरी विधुत अवरुद्ध

चट्याङले क्षति गर्दा फेरी विधुत अवरुद्ध


चिसाङ शेर्पा
  • सोमबार, बैशाख २ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    चट्याङले लघु जलविधुतको पावर हाउसमा क्षति पु-याउँदा साढे २ सयभन्दा बढी घरधुरी अध्याँरोमा बस्न बाध्य बनेका छन् । साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा रहेको विभिन्न विधुतीय सामग्रीमा क्षति पुग्दा २ सय ५२ घरधुरी अध्याँरोमा बस्नु परेको छ ।

    गत शनिबार दिउँसो पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान काम नदिने गरी क्षति गरेको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । कम्पनी मुल्य अनुसार चट्याङले १ लाख ५० हजार वढीको क्षति गरेको छ । पावर हाउसमा पुगेको क्षतिको विवरणसहित वडा कार्यालय खिदिमा र गाउँपालिकामा निवेदन दिने र उहाँहरुको सल्लाहा अनुसार अन्य प्रक्रिया अगाडी बढाईने अध्यक्ष राईले जनाए ।

    लघु जलविधुत बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका स्थानीयहरु अध्याँरोमा बस्नु परेको छ । बत्ती नहुंदा विशेषगरी बृद्धबृद्धा, विधार्थीहरु मर्कामा परेका छन् । बत्ती नभएकै कारण नियमित कामकाजमा समेत समस्या भईरहेको स्थानीयले बताएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत पुगेको छैन ।
    सम्वन्धित समाचर

    चट्याङले बिगारेको बत्ती ९ दिनपछि बल्यो

    २०७६ बैशाख २ गते मध्यान्ह १२ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology