चिसाङ शेर्पा खोटाङ,
चट्याङले लघु जलविधुतको एलसी बोर्डमा क्षति पु-याउँदा अवरुद्ध भएको विजुली बत्ती सञ्चालनमा आएको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको एलसी बोर्ड मर्मत गरेर ल्याइएपछि बत्ती बलेको हो । बत्ती बलेपछि २ सय ५२ घरधुरी उज्यालोमा बस्न पाएका छन् ।

यहि चैत्र १२ गते हावाहुरी र पानीसँगै परेको चट्याङले लघु जलविधुतमा क्षति गर्दा खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका स्थानीयहरु अध्याँरोमा बस्नु परेको थियो ।
क्षति पुगेको एलसी बोर्डलाई बुटवलमा पु-र्याएर टेस्टिङ गराएर ल्याएपछि बत्ती बल्न थालेको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । बत्ती बलेपछि स्थानीयलाई दैनिक कामकाज गर्न तथा सञ्चार क्षेत्रसँग नजिक हुन मद्दत पुगेको छ । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत छैन ।
२०७५ चैत्र २१ गते साँझ ६ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology