चिसाङ शेर्पा खोटाङ,
प्रदेश नम्बर एक, प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका रेफ्रिलाई मायाको चिनो स्वरुप पर्यटकीय तथा धार्मिक स्थलहरुको फोटो प्रदान गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आयोजना गरिएको प्रतियोगीतालाई सफल बनाउन सहयोग गर्ने रेफ्रीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र भएका पर्यटकीय तथा धार्मिक स्थलहरुको फोटोसहित क्याप्सन लेखिएको मायाको चिनो प्रदान गरिएको हो ।

पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला तेक्वान्दो जिल्ला कार्य समिति खोटाङको संयोजकत्वमा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको समापनमा प्रदान गरिएको मायाको चिनोमा दिक्तेल बजार, रुपाकोटगढी, मझुवागढी, बुधेश्वर महादेव गुफा, मझुवा कालिका भगवती मन्दिर, साप्सुढाप निर्मलीडाँडा, भुलभुले दुधकुण्ड देउधाम नेर्पा, महुरेगढी आँखापोखरी नुनथला, सीतादेवी मन्दिर बुइपा, सहदेउगढी विजयखर्क, पञ्चेदोबाटो बुइपा, रुवालुङ झरना नेर्पा र निर्माणाधिन बगरेभन्ज्याङको फोटो समेटिएको मायाको चिनो प्रदान गरिएको छ ।

नगरपालिकाभित्रका पर्यटकीय तथा धार्मिक स्थलहरुको फोटोसहित क्याप्सन लेखिएको मायाको चिनो । तस्विर चिसाङ शेर्पा
जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगितामा मायाको चिनो दिंदै आए पनि धार्मिक तथा पर्यटकीय स्थलको फोटो समेटिएको यस्तो मायाको चिनो दिने प्रचलन सम्भवतः पहिलो पटक भएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतिराज राईले बताए । नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्र निर्माण भएका र निर्माणाधिन धार्मिक तथा पर्यटकीय स्थलको १३ फोटो समावेश गरिएको हो । उक्त मायाको चिनोले आन्तरिक पर्यटनको प्रचारप्रसार हुने उहाँको बुझाई छ ।

मायाको चिनो ग्रहण पश्चात सामूहिक तस्विरमा रेफ्री तथा खेलाडी । तस्विर चिसाङ शेर्पा
यो पनि पढ्नुहोस
तेक्वान्दो प्रतियोगीतामा सुनसरी पहिलो
२०७५ चैत्र ८ गते अपरान्ह ४ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology