चिसाङ शेर्पा खोटाङ,
प्रदेश नम्बर एक, प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा सुनसरी प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि भएको प्रतियोगीतामा १० स्वर्ण ५ कास्य ल्याउदै सुनसरी पहिलो भएको हो ।
पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला तेक्वान्दो जिल्ला कार्य समिति खोटाङको संयोजकत्वमा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा ३ स्वर्ण ४ रजत, ३ कास्य ल्याएर मोरङ दोश्रो तथा ३ स्वर्ण १ कास्य ल्याएर उदयपुर तेश्रो भएका छन् । विजयी खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतिराज राई लगायतले मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा भएको प्रतियोगितामा प्रदेश नम्बर एकका १४ जिल्लाका १ सय २३ महिला र १ सय २२ पुरुषले प्रतिस्पर्धा गरेका थिए । यसैविच, प्रतियोगितामा खोटाङका मोहन र्राइले स्वर्ण पदक जितेका छन् । ५८ केजी तल पुम्सेमा स्वर्ण पदक जितेका उनले राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने छन् ।
२०७५ चैत्र ८ गते मध्यान्ह १ :४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology