समायोजन खबर खोटाङ,
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलो पिडित चार परिवारलाई राहत प्रदान गरेको छ । गत चैत्र १ गते स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई राहत रकम प्रदान गरेको हो । डढेलोले घर जलेपछि कष्टकर जीवन विताइरहेका अग्नी पिडितलाई प्रतिपरिवार ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताउनुभयो ।
आगलागीमा सर्वस्व गमाएरका डढेलो पिडितको सहज जीवनयापनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ । खोटाङ समाज हङकङको पहलमा स्थापित २० लाखको कोषको व्याजबाट अग्नी पिडितलाई राहत प्रदान गरिएको हो । घलेगाउँका अग्नी पिडितमध्ये अभिकेशर पाण्डे भने बसाई सरिसकेकाले राहत दिनबाट छुटेको कोषाध्यक्ष किरातले बताउनुभयो ।

यो पनि पढ्नुहोस ।
गाउँपालिकाद्धारा डढेलो पिडितलाई राहत प्रदान
२०७५ चैत्र ७ गते अपरान्ह ४ : १४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology