समायोजन खबर खोटाङ,
ऐसेलुखर्क गाउँपालिकाले आगलागीबाट विस्थापित भएका पिडित परिवारलाई राहत प्रदान गरेको छ । चैत्र १ गते रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का र कासेघडेरी सामुदायीक वनमा लागेको डढेलोले घर जल्दा बिस्थापित भएका ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई बुधबार राहत प्रदान गरिएको गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताउनुभयो ।
डढेलोबाट सर्वस्व गुमाएका परिवारलाई ऐसेलुखर्क गाउँपालिकाले नगद २० हजार, ६० केजी चामल, ५ केजीका दरले दाल, नुन र चिनी, त्रिपाल, कम्बल, खाना पकाउने र खाने भाँडाकुँडा प्रदान गरेको जनाएको छ ।

अग्नी पिडित निरौलालाई ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष राजेशकुमार राजभण्डारी, हरेराम राजभण्डारी, रमेश गुरुङ र गुणराज निरौलाले पनि चामल, नुन, तेल, चिनी प्रदान गर्नुभएको छ । सो डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, भीम पाण्डे र अभिकेशर पाण्डेको घर पनि नष्ट भएको थियो ।
२०७५ चैत्र ७ गते मध्यान्ह १ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology