चिसाङ शेर्पा खोटाङ,
खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयको पहिचान भएको छ । सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यालयको भन्ने पहिचान भएको हो । ति कार्यालयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्न लगेका थिए ।
गत फागुन १६ गते सार्वजनिक विदामा सिंचाई विकास डिभिजन दिक्तेलको बा १ झ ५२७१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालयको बा २ झ १३४८ नम्बरको गाडी तथा जिल्ला प्रशासन कार्यालयको बा १ ब १४४ र जिल्ला निर्वाचन कार्यालयको बा २ ब ९२४ नम्बरको मोटरबाईक दुरुपयोग भएको सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीले बताउनुभयो । को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईकको भने, पहिचान हुन बाँकी छ ।

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा
दुरुपयोग भएका अन्य सवारी साधनको छिटोभन्दा छिटो पहिचान गरेर सम्बन्धित कार्यालयलाई लिखित स्पष्टीकरण माग गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । सबै सवारी साधनको रेर्कड प्रशासनमा नभएकाले पहिचान गर्न ढिलाई भएको उहाँले स्वीकार्नु भयो । कार्यालयको कामको सन्दर्भमा उहाँहरु जाँदा अन द रुट परेको अथवा बिशुद्ध विदाको दिनमा आफ्नो निजि प्रयोगका लागि सवारी साधन प्रयोग भएकोे हो । प्रजिअ पौडेलले भन्नुभयो, ‘त्यो चाँही कार्यालयको जवाफ नआएसम्म केही भन्न सकिन्न ।’ यद्यपी, मनोरञ्जनकै लागि सवारी साधनको प्रयोग भएको प्रष्ट छ ।

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा
सरकारी सवारी साधनको दुरुपयोग भएको व्यापक चर्चासँगै बल्ल जिल्ला प्रशासन कार्यालयले सबै कार्यालय र १० स्थानीय तहलाई लिखित रुपमै आफ्नो कार्यालयमा भएका सरकारी गाडी तथा मोेटरबाईकको विवरण माग गर्ने जनाएको छ । यसअघि पनि कर्मचारी र जनप्रतिनिधिबाट पटक-पटक सरकारी साधनको दुरुपयोग हुंदै आएको छ । सार्वजनिक विदामा सरकारी साधनको दुरुपयोग गर्दै उनीहरुले आफ्ना छिमेकी, पारिवारीक सदस्य, गलफ्रेण्ड, कार्यकर्ता बोक्ने गरेको पाइएको छ ।
यो पनि पढ्नुहोस
सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु
२०७५ फागुन २१ गते साँझ ५ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology