• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु

सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु


चिसाङ शेर्पा
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान थालिएको छ । बिहीबार सरकारले सार्वजनिक विदा दिएको दिन खोटाङका आधा दर्जन सरकारी कर्मचारीहरुले सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्नलाई गाडी तथा मोटरबाईक लगेका थिए ।

     

    हिउँ खेल्नलाई दिक्तेलबाट बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी र बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक कर्मचारी तथा सम्बन्धितले मुढेमा लगेको पाइएको थियो । सरकारी सवारी साधन दुरुपयोग गर्नेहरुमाथि अनुसन्धान थाल्न शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो ।

    विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

    अनुसन्धानका क्रममा एकवटा मोटरबाईक जिल्ला प्रशासन कार्यालयको रहेको र, त्यो कसले चलाएको, किन चलाएको, के प्रयोजनमा चलाएको भनेर त्यसको स्पष्टीकरण मागिएको प्रजिअ पौडेलले बताउनुभयो । एकवटा गाडी जिल्ला मालपोत कार्यालय र एकवटा मोटरबाईक निर्वाचन आयोगको भएको खुलेको छ । अन्य गाडी र मोटरबाईक कुन कार्यालयको भन्ने खुलेको छैन । पहिला पास लिएका गाडीको रेर्कड प्रशासनमा नहुने भएकाले अनुसन्धान गर्न केही समय लाग्ने र त्यसको फ्लोअप गरिरहेको उहाँको भनाई छ ।

     

    यति धेरै मात्रामा सवारी साधन दुरुपायोग हुंदा किन निरिक्षण भएन भनेर ट्राफिक प्रहरीलाई समेत सोधिएको प्रजिअको भनाई छ । यद्यपी, बिहीबार हिउँ खेल्न खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारी, ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेल मुढेमा गएका थिए । विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाईने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्ने सरकारको नियम छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको शोक मनाउन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।
    यो पनि पढ्नुहोस

    सरकारी साधनको दुरुपयोग गर्दै हिउँ खेल्न (फोटोसहित)

    २०७५ फागुन १७ गते साँझ ६ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology