चिसाङ शेर्पा खोटाङ,
खोटाङका अधिकांश स्थानमा बिहीबार बिहान हिमपात भएको छ । सदरमुकाम नजिक रहेको मुढेडाँडा, रुपाकोट, नुनथलामा सबैभन्दा भारी मात्रामा हिमपात भएको छ ।
हिमपात भएपछि बालबालिका, युवायुवती, वयस्क हिउँ खेल्न मुढेडाँडा पुगेका छन् । सडकको पहुँच र दिक्तेलबाट करीब एक घण्टामा पैदल हिडेर पुगिने मुढेमा हिउँ खेल्नेको घुइचो लागेको छ । गत माघ १५ गते पनि भारी हिमपात भएको थियो । सो दिनको तुलनामा आज हिउँ खेल्नेको मात्रा बढेको पाइएको छ ।

खोटाङको मुढेमा हिउँमा रम्दै । तस्विर चिसाङ शेर्पा





यो पनि पढ्नुहोस
खोटाङमा दोश्रो पटक हिमपात (फोटो फिचर)
२०७५ फागुन १६ गते अपरान्ह ३ बजे प्रकाशित,सवै तस्विर चिसाङ शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology